ओलीविरुद्ध बैंकिङ कसुरको उजुरी  « Khabarhub

ओलीविरुद्ध बैंकिङ कसुरको उजुरी 


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णालीका अधिकांश ठाउँमा गठबन्धन गरेको माओवादी र कांग्रेसले रुकुम पश्चिममा भने गठबन्धन तोडेका छन् ।

स्थानीय तहको चुनावमा समेत रुकुम पश्चिममा गठबन्धन कायम गरिएको थिएन । अर्थमन्त्री जनार्दन शर्माको गृह जिल्ला समेत रहेको रुकुम पश्चिममा पटक पटक सहमति विपरीत काम हुँदै आएको कांग्रेस र माओवादी नेतृत्वहरु बताउँदै आएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट रुकुम पश्चिम (ख)बाट प्रदेश सभाका उम्मेदवार प्रेम प्रकाश ओलीविरुद्धमा माओवादी उम्मेदवारका प्रतिनिधिले उजुरी दिएका हुन् । बैंकिङ कसुरसम्बन्धी मुद्दा परेको भन्दै धुव्रविक्रम बुढाथोकीले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा मुद्दा दायर गरेका हुन् । कांग्रेसबाट प्रदेश सभाका लागि ओलीले आइतबार मनोनयन पत्र दर्ता गराएका थिए ।

बुढाथोकी सोही क्षेत्रबाट माओवादीबाट प्रदेश सभाका उम्मेदवार राजकुमार शर्माका प्रतिनिधि हुन् । कांग्रेस नेता ओलीले बैंकिङ कसुर मुद्दा नं ०७६–०००३ मा एक महिना कैद र जरिवाना हुने ठहरी फैसला भएको तर ओलीले भुक्तान नगरेकाले अयोग्य रहेको उजुरीमा उल्लेख छ ।

गठबन्धनको भागबन्डा अनुसार सो क्षेत्रमा कांग्रेस र माओवादी भनेर उल्लेख थियो । यद्यपि माओवादीले आफ्नो उम्मेदवार उठाउँदा कांग्रेसले पनि ओलीलाई उम्मेदवार बनाएको थियो । यस विषयमा ओलीले मुद्दा नै जालसाजी तरिकाले चलाइएको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘सम्मानित सर्वोच्च अदालतमा मैले दोहोर्‍याई पाउँ भनेर माग गरेको छु । मैले रकम साउन महिनामा तिरिसकेको छु भने गत माघमा मुद्दा चलाइएको छ । मुद्दा नै जालसाजी तरिकाले चलाइएको छ , फैसला चाहिँ भएको हो।’

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ७ : ३७ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले