अनिता गिरी अब ठूलो पर्दामा देखिँदै | Khabarhub Khabarhub

अनिता गिरी अब ठूलो पर्दामा देखिँदै


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – करिब एक दर्जन म्युजिक भिडिओमा अभिनय गरिसकेकी अनिता गिरी अब ठूलो पर्दामा देखिने तयारीमा रहेकी छन्। खोटाङ सिम्पानी स्थायी घर भई काठमाडौँलाई कर्मथलो बनाएकी उनी विगत ६ वर्षदेखि निरन्तर कला क्षेत्रमा काम गरिरहेकी छन् ।

सानैदेखि अभिनय र नृत्य भनेपछि हुरुक्क हुने उनले पहिलो भिडिओ ‘बैगुनीले गएको थियो छोडेर’ गीतमा गरेकी थिइन्। त्यसपछि ‘सजाए तिम्रो माया’, ‘लगन जुर्‍यो घरबार हुनलाई’, ‘तिम्रो साथ’, ‘केयर गर्दैनौ’, ‘तिमीलाई भुल्न’ जस्ता गीतका भिडिओमा उनले कुशल अभिनय गरिसकेकी छन् ।

म्युजिक भिडिओमा अभिनय गरेसँगै उनले केही अवार्ड पनि हात पारिसकेकी छन् । अब उनी विक्की महर्जनको चलचित्र ‘द आउट लेयर’मार्फत डेब्यु गर्दै छिन् । ओडिनल, डेरिमिल्क, नेपाल आइस लगायतका थुप्रै विज्ञापनमा पनि अभिनय गरिसकेकी अनिताले डेढ दर्जन जति फेशन र्याम्पमा समेत सहभागी भइसकेकी छन् ।

अभिनयमै पूर्ण रूपमा समर्पित भएकी उनी सबै प्रकारको भूमिकालाई न्याय गर्न सक्ने क्षमता आफूमा रहेको दाबी गर्छिन् । म्युजिक भिडिओ र फेशन शो हरूमा तारिफ बटुल्न सफल अनिता ठूलो पर्दामा कत्तिको जम्ने हुन् त्यो हेर्न त बाँकी नै छ तर, उनी भने पूर्ण तयारीका साथ आफू यो क्षेत्रमा आएको दाबी गर्छिन् ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ८ : ४० बजे

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा

बाह्र वर्ष लगाएर खेलमैदान निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुरु भएको १२ वर्षपछि खेलमैदान निर्माण

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०