सडक भासिँदा बागलुङ–बेनी सडक अवरुद्ध « Khabarhub

सडक भासिँदा बागलुङ–बेनी सडक अवरुद्ध


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – बेनी नगरपालिका–१ को रइनेडाँडामा सडक भासिएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकमा यातायात सेवा प्रभावित बनेको छ।

स्तरोन्नतिको क्रममा रहेको पर्वतको कुश्मा नगरपालिका–१ बाट जलजला गाउँपालिका हुँदै म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक विस्तारका लागि बन्द गरिने र धेरै ठाउँमा पहिरो तथा हिलोका समस्या भएकाले म्याग्दी र मुस्ताङ आवतजावत गर्ने धेरै सवारीसाधनले विकल्पमा बागलुङ–बेनी सडक प्रयोग गर्दै आएका छन्।

पहिराका कारण सडक दबेर भासिएपछि हिलोमा सवारीसाधन फस्ने र उकालो चढ्न नसक्दा यातायातका साधन सञ्चालनमा कठिनाइ भएको छ। एक हप्तायता रइनेडाँडाको पहिराले दैनिकजसो घण्टौँसम्म बेनी–बागलुङ सडक अवरुद्ध हुन थालेको सवारी चालक गोविन्द बानियाँले बताए।

‘ट्याक्सी, मोटरसाइकल र जिपलाई धकेलेर, तानेर पहिराको सडक पार गराए पनि बस, ट्रक, माइक्रोबस हिलो र चिप्लो अनि उकालो सडक उक्लन नसकेर जाम हुने गरेको छ’, उनले भने, ‘दुर्घटनाको जोखिमका साथै सास्ती भएको छ।’

सोमबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म सो ठाउँमा सडक अवरुद्ध बनेको थियो। दैनिकजसो यस्तै समस्या हुने गरेको यातायात व्यवसायी र यात्रुले बताएका छन्। यात्रु प्रकाश अधिकारीले यात्रु समयमा गन्तव्यमा पुग्न नसकेर बिचल्लीमा परेका बताए।

‘जङ्गलको बीचमा घण्टौँ जाममा फस्नुपर्दा खानेकुरा र पानी नपाउने, शौचालयको समस्या छ’, उनले भने, ‘बिरामीलाई समयमा अस्पताल पुर्‍याउन समस्या भएको छ। वृद्धवृद्धा, बालबालिकाको झनै बिचल्ली भएको छ।’

केही दिनयता रुइनेडाँडाको पहिरो सक्रिय भएर करिब २० मिटर सडक भासिएर ग्रेड नमिलेको र बेनीबाट बागलुङतर्फ जानेक्रममा सवारीसाधन उक्लन नसकेर फस्ने गरेका बेनपा–१ का वडाध्यक्ष टेकबहादुर थापाले बताए।

‘पूर्वाधार विकास कार्यालयमार्फत स्तरोन्नतिको क्रममा रहेको सडकका ठेकेदार र नगरपालिकाले भाडामा लिएको ब्याकुहोलोडर प्रयोग गरेर फसेका सवारीसाधन निकाल्ने र मर्मत गर्ने गरेका छौँ’, उनले भने, ‘आज बनायो, भोलि फेरि उस्तै हुन्छ। डोजरलाई यहीँ तयारी अवस्थामा राखेर तत्कालै मर्मतको व्यवस्था मिलाउन पहल गरेका छौँ।’ कालीगण्डकीको किनारबाट सडकभन्दा माथिसम्म पहिरो छ। यसलाई नियन्त्रणका लागि छुट्टै योजना माग गर्ने वडाध्यक्ष थापाले बताए।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ९ : ३४ बजे

गैँडाको आक्रमणबाट एक युवकको मृत्यु

चितवन– गैँडाको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । माडी

काठमाडौं महानगरले टुँडिखेलको दक्षिण चउरमा ‘बरमुढा ग्रास’ रोप्दै

काठमाडौं– काठमाडौं महानगरपालिकाले सैनिक मञ्चबाट दक्षिणतर्फको चउरलाई सर्वसाधारणको प्रयोग सहज

ओखलढुंगामा दम्पतीको विभत्स हत्या : राज्यको सुरक्षामाथि रामहरि खतिवडाले उठाए प्रश्न

काठमाडौं – ओखलढुंगामा गएराति दम्पतीको विभत्स हत्या भएको घटना सार्वजनिक

काठमाडौं-तराईं द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की काठमाडौं–तराई द्रुतमार्ग निरीक्षणमा पुगेकी छन्

रसुवा भन्सार : ६ महिनामा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा– रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा एक