राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ५६ करोड लगानी गर्ने  « Khabarhub

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ५६ करोड लगानी गर्ने 


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ५६ करोड रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो । 

जसअन्तर्गत राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा ४४ करोड ८० लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा ८ करोड ४० लाख रुपैयाँ र फाइनान्समा २ करोड ८० लाख रुपैयाँ मुद्दती निक्षेपका रुपमा राख्नेछ ।

मुद्दती निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यसका लागि बुधबार ९२६ असोज० राति १२ बजेसम्म बैंक तथा वित्तीय संस्थाले ब्याजदरसहित ई-मेलमार्फत प्रस्ताव पेस गर्नुपर्नेछ ।

यस्तो लगानी आउँदो कात्तिक ३ गतेदेखि २०८० कात्तिक ४ गतेसम्म ३६७ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ । 

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ११ : ०१ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ