गोरखा-१ : २०७४ मा बस्नेतसँग हारेकाे बदला लिने दाउमा बजगाईं | Khabarhub Khabarhub

गोरखा-१ : २०७४ मा बस्नेतसँग हारेकाे बदला लिने दाउमा बजगाईं


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखा १ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेका रामशरण बस्नेत र कांग्रेसका राजेन्द्र बजगाईंसहित १० जना उम्मेदवार छन् । यद्यपि मुख्य प्रतिस्पर्धा भने बस्नेत र बजगाईंबीच हुने देखिन्छ । बस्नेत २०४९ र २०५४ गरी दुईपटकसम्म तत्कालीन नारेश्वर गाविसको अध्यक्ष हुँदै २०७४ को चुनावपछि गण्डकी प्रदेश सरकारको मन्त्रीसमेत भइसके । २०७४ को निर्वाचनमा गोरखा १ प्रदेशसभा (ख) बाट कांग्रेसका बजगाईँलाई नै हराउँदै उनी सांसद बनेका थिए । 

२०३५ देखि कम्युनिष्ट आन्दोलनमा लागेका बस्नेत निरन्तर राजनीतिमा सक्रिय हुँदै आएका थिए । यद्यपि बजगाईं भने कांग्रेसभित्र सफल पर्यटन व्यवसायीका रुपमा परिचित छन् । पर्यटन व्यवसायमा बजगाईं अन्तर्राष्ट्रियस्तरमै चिरपरिचित व्यक्ति हुन् । यद्यपि कांग्रेसका पुराना नेतालाई पाखा लगाउँदै उनले टिकट ल्याएपछि पुनः कांग्रेसभित्र अन्तर संघर्ष चर्किन थालेको छ ।

अघिल्लो निर्वाचनमा जोसँग हारे, उसैसँग प्रतिस्पर्धाका निम्ति बजगाईं सत्तारुढ गठबन्धनको तर्फबाट मैदानमा उत्रिने पक्का भएको छ । २०७४ को चुनावमा गोरखा १ (ख) को प्रदेशसभा सदस्यमा एमालेका बस्नेत १६ हजार ६५६ मतसहित निर्वाचित हुँदा बजगाईंले १३ हजार एक मत पाएका थिए । तत्कालीन समयमा एमाले र माओवादी केन्द्रबीच वाम एकता थियो । 

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ११ : १८ बजे

द्रूत बस सेवा विस्तार हुन्छ : मन्त्री ज्वाला

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रूत बस

काभ्रेमा एचआइभी एड्सविरुद्ध सचेतना

काभ्रे- काभ्रेपलाञ्चोककमा विश्व एड्स दिवसका अवसरमा आज बनेपाका विद्यार्थीलाई एचआईभी/एड्सविरुद्ध

जङ्गली हात्तीले कुल्चँदा सामुदायिक वनका चौकीदारको मृत्यु

झापा- झापामा जङ्गली हात्तीले कुल्चँदा सामुदायिक वनमा कार्यरत चौकीदारको मृत्यु

अर्थतन्त्रका समस्या देखाएर राजनीतिक फाइदा लिन खोजियो : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौं- कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्रमा देखिएका केही

म्याग्दीका सामुदायिक वनमा बढ्दै जङ्गली जनावर

म्याग्दी- म्याग्दीमा वन फँडानी रोकिएपछि सामुदायिक वन तथा खोरिया घना