तीन जना मृत फेला « Khabarhub

तीन जना मृत फेला


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । कैलालीको जोशीपुर गाउँपालिका–६ सिम्री बस्ने ४२ वर्षीय रोगाही बडायक मृत अवस्थामा फेला परेका छन् । उनी आफ्नै घरबाट करिब १ किलोमिटर टाढा रहेको खेतको कुलोमा सोमबार मृत अवस्थामा फेला परेका हुन् । 

खेतमा पानी हेर्न गएका उनी फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त खेतस्थित कुलोमा उनको शव फेला परेको हो । डोटीको बडिकेदार गाउँपालिका–३ भैंसीडाँडा बस्ने ६१ वर्षीय कलम बहादुर बुढामगर सोही ठाउँस्थित घाङ्गल खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । 

बडिकेदार गाउँपालिका–३ नानाकोटस्थित दाजुको घरबाट गत बुधबार दसैंको टिका थापी घर फर्किने क्रममा बेपत्ता भएका उनको उक्त खोलामा सडिगलेको अवस्थामा शव फेला परेको हो । 

बर्दियाको बाँसगढी नगरपालिका–१ बाटुलेस्थित बबई नदीको किनारमा सल्यान कालिमाटी गाउँपालिका–६ बस्ने ६० वर्षीय नर बहादुर दर्लामी मगर सोमबार मृत अवस्थामा फेला परेका छन् । 

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ११ : ४७ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित