तीन जना मृत फेला « Khabarhub

तीन जना मृत फेला


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । कैलालीको जोशीपुर गाउँपालिका–६ सिम्री बस्ने ४२ वर्षीय रोगाही बडायक मृत अवस्थामा फेला परेका छन् । उनी आफ्नै घरबाट करिब १ किलोमिटर टाढा रहेको खेतको कुलोमा सोमबार मृत अवस्थामा फेला परेका हुन् । 

खेतमा पानी हेर्न गएका उनी फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त खेतस्थित कुलोमा उनको शव फेला परेको हो । डोटीको बडिकेदार गाउँपालिका–३ भैंसीडाँडा बस्ने ६१ वर्षीय कलम बहादुर बुढामगर सोही ठाउँस्थित घाङ्गल खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । 

बडिकेदार गाउँपालिका–३ नानाकोटस्थित दाजुको घरबाट गत बुधबार दसैंको टिका थापी घर फर्किने क्रममा बेपत्ता भएका उनको उक्त खोलामा सडिगलेको अवस्थामा शव फेला परेको हो । 

बर्दियाको बाँसगढी नगरपालिका–१ बाटुलेस्थित बबई नदीको किनारमा सल्यान कालिमाटी गाउँपालिका–६ बस्ने ६० वर्षीय नर बहादुर दर्लामी मगर सोमबार मृत अवस्थामा फेला परेका छन् । 

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ११ : ४७ बजे

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड