बाढी र डुबानबाट आठ हजार बढी घरधुरी पीडित « Khabarhub

बाढी र डुबानबाट आठ हजार बढी घरधुरी पीडित


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

राँझा– अविरल वर्षाका कारण बाँकेमा आठ हजार बढी घरधुरीमा बसोबास गर्ने जनता पीडित भएका छन् । जिल्लाका आठ स्थानीय तहका आठ हजार सात सय तीन घरधुरी बाढी तथा डुबानबाट प्रत्यक्ष रुपमा पीडित हुन पुगेको बाँके जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसीले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा धेरै राप्ती सोनारी गाउँपालिकामा तीन हजार ५००, नरैनापुर गाउँपालिकामा दुई हजार छ सय ९६, डुडुवा गाउँपालिकामा एक हजार नौ सय ५०, खजुरा गाउँपालिकामा दुई सय ४९, नेपालगन्ज उपमहानगरपालिकामा दुई सय २०, बैजनाथ गाउँपालिकामा ५०, जानकी गाउँपालिकामा २० र कोहलपुर नगरपालिकामा १८ घरधुरी पीडित भएका छन् ।

बाढी तथा डुबानबाट आठ स्थानीय तहका एक सय ८१ घरधुरीमा पूर्ण क्षति र पाँच सय ९८ घरधुरीमा आंशिक क्षति हुनाका साथै एक हजार एक सय ४३ घरधुरी विस्थापित हुन पुगेको सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताए ।

आठ स्थानीय तहका बाढी पीडित ३७ वडाबाट दुई हजार एक सय ३१ जनाको उद्धार गरिएको छ । राप्ती नदीमा आएको बाढीका कारण राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाको तल्लो तटीय क्षेत्रका जनता डुबानमा परेका छन् । 

उक्त गाउँपालिका– २ टिकुलीपुर गाउँका मात्रै चार सय ५० घरधुरीका मानिस विस्थापित भएको वडाध्यक्ष ज्ञानेन्द्र वलीले जानकारी दिए । बाढी पीडित स्थानीयवासीलाई जनकल्याण सामुदायिक भवनमा राखिएको छ । राप्तीमा पानीको सतह नघटेकाले अझै डुबानको खतरा कायमै रहेको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १२ : १० बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर