नवौँ राष्ट्रिय खेलकुद : एकै पालिकाबाट १५ जना छनोट « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : एकै पालिकाबाट १५ जना छनोट


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धनुषा– धनुषाको एकै पालिकाबाट १५ खेलाडी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका छन् । जिल्लाको मिथिला नगरपालिकाबाट १५ खेलाडी छनोट भएका हुन् । छनोट भएकामध्ये १४ हक्कीका एकजना खो-खोका खेलाडी भएको स्थानीय हिमालय युवा क्लबका पूर्वअध्यक्ष अरुणकुमार महतोले जानकारी दिए ।

पन्ध्र खेलाडीमध्ये सात पुरुष र आठ महिला रहेको उनले बताए । ती खेलाडी आज बिहान पोखराका लागि प्रस्थान गरेका छन् । हक्की खेलका लागि छनोट हुनेमा पुरुषतर्फ उमेश श्रेष्ठ, नवीनकुमार महतो, रूपेश राई, अजयकुमार साह, पुरुषोत्तम महतो, अजयकुमार महतो, अमित राय छन् ।

त्यस्तै महिलातर्फ अञ्जलीकुमारी महतो, भूमिकाकुमारी महतो, नीराकुमारी महतो, श्रुति राय, आरतीकुमारी महतो, मधुकुमारी साह, प्रितिकुमारी महरा र अञ्जलीकुमारी साह छिन्। त्यसैगरी खो–खो खेलतर्फ रूपा राई छनोट भएका छन् । आफ्नो पालिकाबाट यतिको सङ्ख्यामा खेलाडी राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएकामा भएपछि आफूहरू निकै खुसी भएको मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकीले बताइन्।

आज बिहान खेलाडीलाई बिदाइ गर्दै खेलाडी र खेलकुदको विकासका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने उनको भनाइ थियो । हिमालय युवा क्लबका पूर्व अध्यक्ष महतोले भने, ‘यहाँ धेरै क्रिकेट, फुटबल, भलिबल, ब्याडमिन्टन, कबड्डी, कराँतेलगायत खेल खेल्ने खेलाडी धेरै छन् तर व्यवस्थापन र प्रशिक्षकको अभावका कारण ती खेलका खेलाडी खासै फस्टाउन सकेको छैन ।’ उनले प्रदेश सरकार र स्थानीय सरकारले खेलकुदमा ध्यान दिए यहाँबाट विभिन्न खेलमा दर्जनौँ खेलाडी उत्पादन गर्न सकिने बताए ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १२ : ४५ बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म