आयोगद्वारा मतदाता नामावली छपाईलाई तीव्रता « Khabarhub

आयोगद्वारा मतदाता नामावली छपाईलाई तीव्रता


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि फोटोसहितको मतदाता नामावली छपाईलाई तीव्रता दिएको छ ।

आयोगले केन्द्रीय कार्यालयबाट मुलुकभरका प्रत्येक जिल्लाका निर्वाचन क्षेत्रको छुट्टाछुट्टै मतदाता नामावली छपाई कार्यलाई तीव्रता दिएको हो । जसमा मतदान केन्द्र नै तोकिएर नामावली छपाई भइरहेको आयोगले जनाएको छ । उक्त फोटो सहितको नामावलीको प्रति निर्वाचन सामाग्रीसंगै प्रत्येक निर्वाचन क्षेत्रमा पठाउने आयोगको तयारी छ ।

आगामी निर्वाचनका लागि प्रतिनिधिसभा अन्तर्गत २ हजार २ सय ९१ पुरुष र २ सय ३५ महिला गरि २ हजार ५ सय २६ जनाको उम्मेद्वारी परेको छ भने प्रदेशसभातर्फ ३१७९ पुरुष, २ सय ९७ महिला र अन्य १ गरि ३ हजार ४ सय ७७ जनाको उम्मेद्वारी परेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । प्रत्यक्ष तर्फ संविधानको भावना र व्यवस्था अनुसार बढि भन्दा बढि समावेशी हुने गरि उम्मेद्वार मनोनयन गराउन आग्रह मात्र गरिएको उनले बताए ।

आयोगले बुधबार १० देखि १ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिन समय दिएको छ । त्यसपछि बुधबार दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ । योसँगै प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि उम्मेदवारको अन्तिम संख्या टुङ्गो लाग्ने छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १ : ४७ बजे

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय

हर्मोन असन्तुलनले चाँडै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी