राष्ट्रपति भण्डारी अस्पतालबाट 'डिस्चार्ज' | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारी अस्पतालबाट ‘डिस्चार्ज’


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी छन् । स्वास्थ्यमा सुधार आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी  डिस्चार्ज भएकी हुन् । ज्वरो आउने, बान्ता हुने, जीउ दुख्ने लगायतका समस्या भएपछि गत शनिबार शिक्षण अस्पताल भर्ना भएकी थिइन । परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

उपचारमा संलग्न डा. निरज बमले स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरेको बताए ।  कोभिड १९ पोजेटिभ आएकोमा पाँच दिनको अब्जरभेसन सकिएपछि डिस्चार्ज गरिएको हो । 

राष्ट्रपति भण्डारीलाई शिक्षण अस्पतालको एनेक्स २ को डिलक्स क्याविन नं ६०१ मा राखेर उपचार गरिएको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  २ : १५ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु