एनआरएन डे : आफ्नो सीप र पुँजीलाई नेपालको विकासमा लगाउन प्रधानमन्त्रीको आह्वान « Khabarhub

एनआरएन डे : आफ्नो सीप र पुँजीलाई नेपालको विकासमा लगाउन प्रधानमन्त्रीको आह्वान


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सीप, पुँजी र प्रविधिलाई नेपालको विकासमा लगाउन गैर आवासीय नेपाली (एनआरएन) लाई आह्वान गरेका छन् ।

एनआरएन डे २०२२ का अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री देउवाले विदेशमा रहेका नेपालीलाई लगानी गर्न सरकारले प्रयाप्त वातावरण बनाएको भन्दै आफ्नो सीप, पुँजी र प्रविधिलाई नेपालको विकासमा लगाउन आह्वान आएका हुन् । बिभिन्न माध्यमबाट लगानी गर्नका लागि पनि सरकारले सहजीकरण गर्ने प्रधानमन्त्री देउवाको भनाई छ । त्यस्तै उनले गैर आवासीय नेपालीले उठाउँदै आएको नागरिकता सम्बन्धी सवाललाई निकट भविष्यमा आवश्यक कानून बनाएर सम्बोधन गर्ने प्रतिवद्धता जनाए । उनले नेपालमा उत्पादित वस्तुलाई प्राथमिकता दिएर विदेशमा उपयोगको वातावरण बनाउन सके स्वदेशी उत्पादनको निकासी र प्रवर्द्धनमा सहयोग पुग्ने धारणा राखे  ।

त्यस्तै गृहमन्त्री बालकृष्ण खाँणले आफ्ना देशका नागरिकका जीउ धनको रक्षाका साथै लगानीको संरक्षण गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताए । विदेशमा रहेका नेपालीहरूले पनि स्वदेशमा लगानी गरे सरकारले लगानीलाई सुरक्षित गर्न पछि नहट्ने उनको भनाई छ । उनले गैर आवासीय नेपालीलाई नागरिकता दिनका लागि सरकारले आवश्यक व्यवस्था गर्न खोजेपनि राष्ट्रपतिबाट प्रमाणीकरण हुन नसक्दा कानून निर्माण प्रक्रिया अघि बढ्न नसकेको धारणा राखे ।

त्यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपालमा धेरै नै लगानीको उपयुक्त वातावरण बनेकाले नेपालमा लगानी बढाउन लगाउन गैर आवासीय नेपालीलाई आग्रह गरे । कार्यक्रममा गैर आवासीय नेपालीहरूले आफूहरूको नेपाली नागरिकताको समस्या समाधान नभएका कारण लगानीका लागि केही समस्या देखिएको गुनासो गरेका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ३ : १३ बजे

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा

‘कार्गो क्षेत्रलाई व्यवस्थित बनाउन संघ–प्रदेश सहकार्य आवश्यक’

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ

एकताको सन्देश दिन राष्ट्रिय झण्डासहित सद्भाव र्‍याली (तस्बिरहरू)

बुटवल– दुई फरक समुदायबीच भएको हिंसात्मक झडपले सुनसरी अस्तव्यस्त बनिरहँदा बुटवलमा

वालेन्द्र शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ