दक्षिण अफ्रीकाविरुद्धको सिरिज भारतलाई « Khabarhub

दक्षिण अफ्रीकाविरुद्धको सिरिज भारतलाई


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतले दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ । तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको सहज जित निकाल्दै भारतले सिरिज २–१ ले जितेको हो ।

दिल्लीमा मंगलबार भएको निर्णायक खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको हो । अफ्रिकाले दिएको १०० रनको सामान्य लक्ष्य भारतले १९ ओभर १ बलमा ३ विकेट गुमाएर भेटायो । उसको लागि शुभम गिलले ४९ र श्रेयास ऐयरले नटआउट २८ रन बनाए । अफ्रिकाको लागि योर्न फर्टयूइन र लुंगी न्गिडीले १–१ विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २७.१ ओभरमा सबै विकेट गुमायो । टोलीका लागि हेनरिक क्लासेनले सर्वाधिक ३४ रन जोडे । जानेमान मालन १५ र मार्को जान्सनले १४ रन जोड्नुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

भारतका लागि कुलदीप यादवले ४.१ ओभरमा १८ रन खर्चेर १ मेडनसहित ४ विकेट लिए । सहबाज अहमद, मोहमद सिराज र वासिंगटन सुन्दरले २–२ विकेट हात पारे ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ८ : ०१ बजे

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका