ग्वाटेमाला र एल साल्भाडोरमा भीषण आँधी, २८ जनाको मृत्यु « Khabarhub

ग्वाटेमाला र एल साल्भाडोरमा भीषण आँधी, २८ जनाको मृत्यु


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भीषण आँधीसँगैको वर्षाका कारण ग्वाटेमाला र एल साल्भाडोरमा २८ जनाको मृत्यु भएको छ । जुलिया आँधी केही साम्य भए पनि मुसलधारे वर्षा र आँधीको परिणामस्वरुप ती हताहती भएका अधिकारीहरूले बताएका छन् ।

ग्वाटेमालाको प्रकोप रोकथाम निकायले अल्ता भेरापाज प्रान्तमा पहाडको ढिस्कोमा परेर पाँच जनाको ज्यान गएको तथा मेक्सिको नजिकैको हुहुतेनाङ्गो प्रान्तमा उद्धारमा खटिएका एक जना सैनिकसहित नौ जनाको मृत्यु भएको बताएको छ ।

एल साल्भाडोरको कोमासागुवा शहरमा एउटा घरको पर्खाल भत्किँदा पाँच जना सैनिक जवानको ज्यान गएको, पूर्वी एल साल्भाडोरको ग्वाटाजियागुवामा भारी वर्षाका कारण अर्को घरको पर्खाल भत्किँदा दुई जना, रूख ढलेर किच्दा एक जना, नदीको बाढीले बगाउँदा अर्का एक जनाको मत्यु भएको एल साल्भाडोरका अधिकारीहरूले बताएका छन् ।

एल साल्भाडोरका नदीहरू किनाराभन्दा धेरै माथि एवम् फिजारिएर खतराको तहमा बग्न थालेपछि सरकारले आपत्कालीन अवस्था घोषणा गर्दै ८० भन्दा बढी स्थानमा आँधी आश्रयस्थल स्थापना गरेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ८ : १४ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित