ग्वाटेमाला र एल साल्भाडोरमा भीषण आँधी, २८ जनाको मृत्यु « Khabarhub

ग्वाटेमाला र एल साल्भाडोरमा भीषण आँधी, २८ जनाको मृत्यु


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भीषण आँधीसँगैको वर्षाका कारण ग्वाटेमाला र एल साल्भाडोरमा २८ जनाको मृत्यु भएको छ । जुलिया आँधी केही साम्य भए पनि मुसलधारे वर्षा र आँधीको परिणामस्वरुप ती हताहती भएका अधिकारीहरूले बताएका छन् ।

ग्वाटेमालाको प्रकोप रोकथाम निकायले अल्ता भेरापाज प्रान्तमा पहाडको ढिस्कोमा परेर पाँच जनाको ज्यान गएको तथा मेक्सिको नजिकैको हुहुतेनाङ्गो प्रान्तमा उद्धारमा खटिएका एक जना सैनिकसहित नौ जनाको मृत्यु भएको बताएको छ ।

एल साल्भाडोरको कोमासागुवा शहरमा एउटा घरको पर्खाल भत्किँदा पाँच जना सैनिक जवानको ज्यान गएको, पूर्वी एल साल्भाडोरको ग्वाटाजियागुवामा भारी वर्षाका कारण अर्को घरको पर्खाल भत्किँदा दुई जना, रूख ढलेर किच्दा एक जना, नदीको बाढीले बगाउँदा अर्का एक जनाको मत्यु भएको एल साल्भाडोरका अधिकारीहरूले बताएका छन् ।

एल साल्भाडोरका नदीहरू किनाराभन्दा धेरै माथि एवम् फिजारिएर खतराको तहमा बग्न थालेपछि सरकारले आपत्कालीन अवस्था घोषणा गर्दै ८० भन्दा बढी स्थानमा आँधी आश्रयस्थल स्थापना गरेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ८ : १४ बजे

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके– बाँकेको बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक

त्रिभुवन विश्वविद्यालयमा जनशक्ति विकास कार्यक्रम

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चालु आर्थिक वर्षमा जनशक्ति विकास

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)