शिक्षामा सुधारको प्रयास गरेँ : शिक्षामन्त्री पौडेल « Khabarhub

शिक्षामा सुधारको प्रयास गरेँ : शिक्षामन्त्री पौडेल


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बागलुङ-  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नो छोटो कार्यकालबीच शिक्षा क्षेत्रमा सुधारको प्रयास गरेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) बागलुङ–२ समन्वय समितिको बैठकमा आज बोल्दै मन्त्री पौडेलले शिक्षासँग सम्बन्धित कानून निर्माणदेखि भौतिक पूर्वाधारमा उल्लेख्य काम भएको बताएका छन् ।

उनले द्वन्द्वबाट विस्थापित साढे पाँच सय बढी शिक्षकलाई पुनःबहाली गरिएको उल्लेख गरे । बाँकी शिक्षकको पुनःस्थापनाका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाएको मन्त्री पौडेलले बताए । दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमति पत्रलगायतका कामले पनि गति लिएको उनको भनाइ छ ।

‘शिक्षा क्षेत्रको सुधारमा सक्दो प्रयास ग¥र्यौँ भन्ने लाग्छ, समय पनि छोटो भयो, एउटा मात्र बजेट बनाउन पायौँ’, मन्त्री पौडेलले भने, ‘शिक्षा क्षेत्रलाई अगाडि बढाउन कानूनी संरचना तयार छ, भौतिकतर्फ पनि महत्वपूर्ण उपलब्धि भएको छ ।’

बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहनुभएका मन्त्री पौडेलले आउँदा दिनमा पनि शिक्षासँगै विकास, निर्माणका कामको नेतृत्व लिन तयार भएर चुनावमा होमिएको धारणा राखे ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ९ : ३५ बजे

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल