अवस्था ठीक नबनाई गाडी चलाएका चालक कारबाहीमा « Khabarhub

अवस्था ठीक नबनाई गाडी चलाएका चालक कारबाहीमा


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपत्यका ट्राफिक प्रहरीले अवस्था ठीक नभएका माइक्रोबस, भ्यान र टाटासुमोलगायतका २५ वटा भाडाका सवारी साधनलाई आज कारबाही गरेको छ ।

भक्तपुरको जगातीमा आज गरिएको विशेष यान्त्रिक जाँचका क्रममा अन्य १६ वटा गाडीलाई नियन्त्रणमा लिई यातायात व्यवस्था विभाग, सवारी परीक्षण कार्यालय टेकु पठाइएको छ ।

दिउँसो तालिम प्राप्त प्राविधिकसहितको टोलीद्वारा गरिएको जाँचका क्रममा ह्याण्डब्रेक, लाइट नभएका र टायर धेरै घिस्रिएकालगायत अवस्था ठीक नभएका सवारी साधन सञ्चालन भएको पाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह–प्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश निष्ट क्षेत्रीले जानकारी दिए ।

अवस्था ठीक नभएको सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्नसक्ने भएकाले सम्भावित जोखिम कम गर्न आज दिउँसो सवारी साधनको अवस्था जाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक दलराम टमटाको नेतृत्वमा ट्राफिक प्रहरीको टोली भक्तपुरको जगाती क्षेत्रमा खटिएको थियो ।

उक्त जाँच अभियान गत भदौ १५ गतेदेखि सञ्चालन गरिएको थियो । प्रहरीले सम्पूर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई आफ्नो सवारी साधनको अवस्था दुरुस्त बनाएर मात्र चलाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १० : ०५ बजे

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो