एक सय ११ सैन्य टोली सहभागी अभ्यासमा नेपाली सेनालाई रजत पदक « Khabarhub

एक सय ११ सैन्य टोली सहभागी अभ्यासमा नेपाली सेनालाई रजत पदक


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाले संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा यही असोज २२ देखि २४ गतेसम्म सञ्चालन भएको ‘अभ्यास क्याम्ब्रीयन पेट्रोल २०२२’ मा रजत पदक प्राप्त गरेकोे छ ।

बेलायती सैनिकसहित २४ देशका १११ सैन्य टोली सहभागिता रहेको उक्त अभ्यासमा सेनानी बलबहादुर आलेको नेतृत्वमा १० सदस्यीय टोलीले प्रतिस्पर्धा गरेको थियो । युद्धकालीन विशेष परिस्थितिको कल्पना गरी शत्रुपक्षको गतिविधि समेटेर सञ्चालन गरिने उक्त विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मूल्याङ्कन गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

अत्यन्त कठिन भौगोलिक इलाकामा सञ्चालन हुने त्यस अभ्यासमा सहभागीले दुई दिनमा हतियार करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित लगभग ५० किलोमिटर दूरी पार गर्नुपर्छ । लडाइँको तयारी, नक्सा र कम्पासको भरमा दिन र रातमा गर्ने निर्धारित स्थानसम्मको यात्रा, खोला एवं अन्य अवरोध पार गर्ने क्षमता, खबर सङ्कलन, घाइते–बिरामीको व्यवस्थापन, विस्फोटक पदार्थको पहिचानलगायत रासायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कताका आधारमा मूल्याङ्कन हुने सेनाले जनाएको छ ।

उक्त अभ्यासमा सेनाको पेशागत प्रतियोगिताको मर्यादाक्रमको आधारमा गण, गुल्म र बाहिनीबाट छानिएका फौज सम्मिलित टिम सहभागी हुँदै आएको छ । सन् १९६० देखि वार्षिकरूपमा हुँदै आएको उक्त प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ । विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा व्यावसायिक, समर्पित, साहसी, संयमित र अब्बल प्रमाणित गर्दै आएको सेनाले यस पटक रजत पदक जित्न सफल भएबाट नेपालकोे प्रतिष्ठा बढाएको सेनाले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १० : २२ बजे

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ