अमेरिकाबाट ल्याएको १० किलो गाँजासहित दुई जना पक्राउ « Khabarhub

अमेरिकाबाट ल्याएको १० किलो गाँजासहित दुई जना पक्राउ


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाबाट नेपाल ल्याएको १० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाइकाछिपाइ ल्याएको अवस्थामा उक्त १० किलो तीन सय ग्राम लागूऔषध गाँजा बरामद गरिएको प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले जनाएको छ ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार विमानस्थलमा उक्त पार्सल लिन आउने सल्यानका ४३ वर्षीय वीरबहादुर बुढाथोकी र उनीसँग गाँजा लिन आएका भारतको पूर्वी चम्पारनका २५ वर्षीय राजा कुमारलाई पक्राउ गरिएको छ ।

यसरी १० किलोभन्दा माथि गाँजा उत्पादन, चोरी, पैठारी र ओसारपसार गरेमा दुई वर्षदेखि १० वर्षसम्म कैद र रु १५ हजारदेखि एक लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।

उनीहरूलाई लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको छ । यसैबिच ब्यूरोले ग्रिन टी को नाममा नियन्त्रित लागूऔषध खात कारोबार गर्ने दुई जनालाई पनि पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा धादिङका रामकुमार श्रेष्ठ र ललितपुरका कविराज खड्का रहेका छन् । उनीहरूको साथबाट चार सय ४० किलो खात, एउटा बोलेरो गाडी र डिजिटल तौल मेसिनसमेत बरामद गरिएको प्रवक्ता खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १२ : ०३ बजे

संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले खोज्यो सरकारको जवाफ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने

मुस्ताङमा सातौँ पटक हिमपात

मुस्ताङ– मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ । आज

कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

बिर्तामोड– अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा

प्रधानमन्त्रीले राजदूतहरूसँग भने : विश्वमा जारी द्वन्द्व रोकिनुपर्छ, शान्ति हाम्रो साझा चासो हो

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा

एनसेलको अनलिमिटेड इन्टरनेट र डेटा प्याकको शुल्क ६५ प्रतिशतले घट्यो, अब ६९९ मा नै पाइने 

काठमाडौं– एनसेलले कल र इन्टरनेट सेवाको शुल्क घटाउँदै अनलिमिटेड कम्बो प्याक