आगामी निर्वाचन : नयाँ मतदातामा कौतुहलता सँगै उत्साह | Khabarhub Khabarhub

आगामी निर्वाचन : नयाँ मतदातामा कौतुहलता सँगै उत्साह


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– १९ वर्षीया सञ्जिता राना थारू आउने चुनावमा मतदान गर्न आतुर छिन् । गाउँमा मत माग्न आउने उम्मेदवारले सबैसँग सहयोग गर्न आग्रह गरिरहँदा देखिएको माहोल र जागेको कौतुहलले उनी मतदान गर्न आतुर देखिएकी हुन् ।

‘मतदाता नामावलीमा आफ्नो नाम समावेश हुँदा पहिलो पटक भोट हाल्ने अवसर पाउँदै छु’, उनले भने, ‘निःशुल्क र गुणस्तरीय शिक्षा, पढेकालाई रोजगारीको व्यवस्था गर्न सक्ने र जनताको समस्या समाधानका लागि पहल गर्ने उम्मेदवारलाई भोट हाल्ने कुरा भएको छ ।’

उनले थपे, ‘आफूसँगैका साथी सङ्गिनीबीच चुनावका बारेमा छलफल भइरहेको छ ।’  लालिता जोशी पनि नयाँ मतदाता हुन् । उनी आउने मङ्सिर ४ गते हुने निर्वाचनमा कसलाई, किन मतदान गर्ने भन्नेबारेमा टोल–बस्तीमा छलफल भइरहेको बताउँछिन् ।

‘मतदान गर्दा कति मतपत्रमा मत संकेत गर्नुपर्ने, कति उम्मेदवारलाई मत दिने भन्नेबारेमा आफ्नो टोलमा सल्लाह हुन थालेको छ, चुनावको दिन घरका अभिभावकको पनि सल्लाह लिएर भोट हाल्ने योजनामा धेरै छौँ’, उनले भनिन्, ‘चुनावको दिन नजिकिँदा टोलमा एकखालको उत्सुकता पनि जागेको छ ।’

मतदाता शिक्षा कार्यक्रम सञ्चालनका क्रममा प्रदेश निर्वाचन कार्यालयले केही दिनअघि कैलाली निर्वाचन क्षेत्र–५ को बेला गाउँमा गरेको नमूना मतदानमा वयस्क मतदातासँगै सञ्जिता, ललितासहितका नयाँ मतदाता उत्सुक हुँदै सहभागी भएका थिए ।

नमूना मतदानमा ६६ मत खसेकामा ६३ मत सदर भएका थिए । पहिलो हुने निर्वाचन प्रणालीतर्फ तीन मतपत्रमा गरिएको मत संकेत बदर भएको थियो । ‘मतदान गर्न पाउँदा नयाँ अनुभव भयो’, मतदान गरेपछि तारा चौधरीले भने, ‘नमूना मतदान भएकाले आफूहरूको मताधिकार लागू हुने कुरा भएन, अब मङ्सिरमा गरिने मतदानमा आफ्नो मत काम लाग्ला ।’

स्थानीय तहको निर्वाचनअघि नै मतदाता नामावलीमा नाम समावेश भएर पनि घरायसी कामले बाहिर जानुपरेको कारण मतदान गर्न नपाएकी कल्पना थापामगर पनि आउने चुनावमा पहिलोपटक मतदान गर्दै छन् ।

स्थानीय तहको निर्वाचनका बेला आफू घरको कामले पोखरातर्फ जानुपर्दा मतदान गर्न नपाए पनि यसपालि मतदानको अवसर जुरेको उनले बताइन् । कतिपयले आउन लागेको निर्वाचनमा विकासमा चासो दिने र महँगी नियन्त्रणमा पहल गर्ने सक्षम उम्मेदवारलाई भोट जाने बताएका छन् । 

‘सबै उम्मेदवार चुनावको बेला जनताका माग पूरा गरिदिने आश्वासन दिएर मत माग्छन्, जितेर गएपछि फर्किँदैनन्’, कल्पनाले भनिन्, ‘मत माग्न आउने उम्मेदवारलाई अहिले हुन्छ भनिन्छ, तर भोट हाल्ने बेलामा विचार गरिन्छ ।’निर्वाचनमार्फत प्रतिनिधिसभा र प्रदेशसभाका नयाँ प्रतिनिधि चुनिने भएपछि सर्वसाधारण उत्साहित देखिएका छन् । नेपालको संविधान २०७२ कार्यान्वयनमा आएपछि दोस्रो कार्यकालका लागि नयाँ जनप्रतिनिधि चुन्ने अवसर आउन लाग्दा मतदाता खुसी देखिएको स्थानीय प्रह्लाद रानाले बताए ।

उनले भने, ‘जनप्रतिनिधिबाट जनताका धेरैजसो काम नभइरहेको भन्ने गुनासो आउने गरेकाले पनि जनता मतदान गरेर आफ्ना नयाँ प्रतिनिधि चयन गर्न आतुर छन् ।’ प्रदेश निर्वाचन कार्यालय कैलालीका अनुसार गत वैशाखको स्थानीय तहको निर्वाचनपछि जिल्लामा १० हजार तीन सय ८९ मतदाता थपिएका छन् । ‘नयाँ थपिएकामध्ये झण्डै दश प्रतिशत मतदाताले पहिलोपटक मताधिकार पाउन लागेको अनुमान छ’, प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले भने। 

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १२ : ४१ बजे

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

बाँके– घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति (प्रतिमा) आज विसर्जन

सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–९ घतानका ६० वर्षीय दिलबहादुर दमाई र

८३ कैदीबन्दीले लगाए टीका

तनहुँ– विजयादशमीका दिन तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट

बन्दीपुर घुम्न आएका विदेशीलाई दशैँको टीका

तनहुँ– तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक

ह्यारिसको कवच बन्दै ओबामा

ठिक १६ वर्षअघि युवा जस्तो देखिने बाराक ओबामा ओहायोमा बसमा