प्रदर्शनकाे तेस्रो सातामा ‘महापुरूष’ : बढ्दै छ दर्शकको माया « Khabarhub

प्रदर्शनकाे तेस्रो सातामा ‘महापुरूष’ : बढ्दै छ दर्शकको माया


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत कात्तिक ११ गतेदेखि प्रदर्शनरत फिल्म ‘महापुरूष’ तेस्रो सातामा प्रवेश गरेको छ। प्रदर्शनको तेस्रो सातामा दुई विदेशी फिल्मसँग टक्कर गरिरहेको फिल्मको शो घटेको छैन । सामान्य शो कटौतीबाहेक अन्य यथावत् छ। फिल्म हेर्न परिवार नै आइरहेकाले हल संचालकले समेत शो दिएका छन् ।

प्रदर्शनको दुई सातामा यसले सात करोड ग्रस कलेक्सनको व्यापार गरेको छ। मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा २१ शो पाएको छ । क्युएफएक्सअन्तर्गत दरबार सिनेम्याक्समा १ शो, भक्तपुरमा रहेको क्युएफएक्समा ३ शो, लबिम मलमा ४ शो, सिभिल मलमा ३ शो, ठमेलमा रहेको छायाँ सेन्टरमा १ शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा १ शो, वुटवलमा २ शो, दमौलीमा १ शो, नारायणघाटमा रहेको जलमामा २ शो, विराटनगरमा १ शो, विर्तामोडमा २ शो दिएको छ ।

काठमाडौँमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा १ शो, दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा १ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा १ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा २ शो रहेको छ। बानेश्वरमा रहेको वान सिनेमाजमा २ शो र कालीमाटीमा २ शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा ३ शो र बुटवलमा रहेको आइएनआइमा ३ शो दिएको छ ।

दर्शकले देखाइरहनुभएको मायाले आउँदो दिनमा शो बढ्ने निर्देशक प्रदीप भट्टराईले बताए । ‘नयाँ फिल्म आएसी पुरानोलाई कम विश्वास गर्ने प्रचलन नै छ। तर, दर्शकले खोज्नु भएपछि शो बढ्नेमा विश्वस्त छौँ । फिल्म हेर्न सपरिवारनै आउने क्रम बढिरहेको छ’, निर्देशक भट्टराईले बताए ।

कार्यकारी निर्माता तथा कलाकार रवीन्द्र सिंह बानियाँले फिल्म हेर्न आएका दर्शकहरू सन्तुष्ट रहेको बताए। ‘फिल्म हेर्न आउनुभएका दर्शकहरू सन्तुष्ट हुनुहुन्छ । यसले हामी प्रतिको विश्वास टुटेको छैन। दर्शकहरूले नै अरूलाई फिल्म हेर्न सिफारिस गरिरहनुभएको छ । यो हाम्रो लागि सशक्त प्रचारप्रसार हो’, कार्यकारी निर्माता बानियाँले भने ।

यस्तै, फिल्म नेपालसँगै संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानाडामा प्रदर्शन भइरहेको छ । ‘फिल्म छिटै नै युरोपमा प्रदर्शन हुँदै छ । अन्य देशमा समेत तयारी छ । फिल्मले पाइरहेको प्रतिक्रियाले विदेशमा डिमाण्ड बढ्दो छ’, निर्माता दीपेश खत्रीले बताए ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा रहेका छन् ।

फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबास गर्ने अवकाशप्राप्त शिक्षकमार्फत पिता र एकल पुरुषसँगै एक्लोपन कथा फिल्ममा देखाइएको छ। भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रूपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।

षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन , मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रूपमा फिल्ममा डेब्यु गर्दै छन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य /शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा अमित श्रेष्ठ , रंग संयोजनमा कपिल पराजुली, मिडिया कसल्टेन दिनेश सिटौला फिल्म्स, पब्लिसिटी डिजाइन ट्राइडेन्ट, सहायक निर्देशक शान्तिम कोइराला र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १ : ४० बजे

मन्त्री लम्सालले भने- खानेपानी उपभोक्ताको माग सम्बोधन गर्छौँ

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुंगा सुरुङमार्ग उद्घाटन स्थलमा प्रदर्शन

काँकडभिट्टा-लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

भद्रपुर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाको

गायक दर्जीमाथि हातपात प्रकरण: निष्पक्ष छानबिन गर्न नीता ढुङ्गानाको माग

काठमाडौँ – बालकलाकार तथा गायक अशोक दर्जीमाथि दुर्व्यवहार गरिएको भिडियो

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको चाहनाअनुरूप

प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता

काठमाडौं– चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा