आगामी निर्वाचन : स्थानीय एजेण्डामा केन्द्रित उम्मेदवार | Khabarhub Khabarhub

आगामी निर्वाचन : स्थानीय एजेण्डामा केन्द्रित उम्मेदवार


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन नौ दिनमात्र बाँकी रहँदा म्याग्दीमा चुनाव प्रचारप्रसार अभियान तीव्र बनेको छ । गाउँगाउँमा आयोजित चुनावीसभामा उम्मेदवार र राजनीतिक दलका नेताले राष्ट्रिय एजेण्डाभन्दा स्थानीय एजेण्डालाई चुनावी मुद्दा बनाएका छन् ।

गाउँगाउँमा आयोजित आमसभामा उम्मेदवारले माहोल बनाउन र मतदाता रिझाउन प्रयास गरिरहेका छन् । मतदानमा सहभागी हुने दिन नजिकिँदै जाँदा वडास्तरमा भइरहेका सभामा उम्मेदवारले मतदातालाई आफ्नो पक्षमा पार्न प्रयास गरिरहेका छन् । कलाकारको टोलीसहित उम्मेदवार वडामा पुग्न थालेपछि चुनावी माहोल पनि तात्दै गएको छ ।

आफ्नो पार्टीको कार्यक्रममा नृत्य प्रस्तुत गर्ने कलाकारले गाउँठाउँको विकासमा केन्द्रित हुने पार्टीलाई भोट हाल्नसमेत आह्वान गर्ने गरेका छन् । नेकपा (एमाले) र सत्ता  गठबन्धनले गीतसङ्गीतसँगै चुनावी अभियानलाई प्राथमिकता दिएका छन् । भाषणले मात्रै मतदातालाई आकर्षित गर्न नसकेपछि दलले साङ्गीतिक कार्यक्रममार्फत चुनावीसभाको माहोल बनाएको एक नेताको भनाइ छ । प्रमुख राजनीतिक दलसम्बद्ध सांस्कृतिक संगठन गीत सङ्गीतका माध्यमबाट स्थानीय निर्वाचनका पक्षमा वातावरण बनाउन थालेपछि उम्मेदवारसमेत उत्साहित भएका छन् ।

गठबन्धनले स्थानीय कलाकारलाई पारिश्रमिकसमेत दिएर चुनावी अभियानमा सहभागी बनाइरहेको जनाएको छ भने  एमालेले चुनावी खर्चमै समेटेको छ । त्यस्तै नेशनल मङ्गोल अर्गनाइजेशनलेसमेत नृत्यसहितको चुनावी अभियानलाई प्राथमिकता दिएको छ । चुनावी अभियानमा पार्टीका गतिविधिसहित अन्य जानकारीसमेत नृत्य र गीतसङ्गीतबाटै दिन सकिने भएकालेसमेत पार्टीले कलाकारलाई सँगसँगै लैजाने गरेका छन् ।

नाटक र अन्य अभिनयबाट अन्य दललाई आरोप लगाउन नपाइने भएकाले अनुगमनसमेत गरिने निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ ले ‘कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानि हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न-नगराउन नहुने’ व्यवस्था गरेको छ ।

स्थानीय एजेण्डामा केन्द्रित उम्मेदवार

विशेषगरी संघीय कानुन बनाउने, सरकारलाई सचेत र जिम्मेवार बनाउने तथा केन्द्रीय बजेट निर्माण र संसदीय सुनुवाइलगायतमा सहभागी हुने काम प्रतिनिधिसभा सदस्यको हो । यहाँका उम्मेदवारले ग्रामीण सडक, आमा समूह र युवा क्लब, पर्यटन, शिक्षा, पदमार्ग, विद्युत् सेवा विस्तार, सडक स्तरोन्नति, स्वास्थ्यलगायत क्षेत्रका काम गर्ने जनाउँदै चुनावीसभामा भाषण गर्न व्यस्त छन् ।  साथै घरदैलोमा पुगेर मतदातासँग भोट मागिरहेका स्थानीय मतदाता रमेश पौडेलले बताएका छन् ।

प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा प्रतिनिधिसभातर्फ  एमालेको तर्फबाट हरिकृष्ण श्रेष्ठ र पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका खमबहादुर गर्बुजा चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको जिल्लामा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा तीन जना स्वतन्त्रसहित नौ जना, प्रदेशसभा क्षेत्र (१)र (२) मा पाँच-पाँच जना उम्मेदवार छन् ।

छ वटा स्थानीय तह रहेको जिल्लामा ८२ मतदानस्थल र एक सय १९ मतदान केन्द्र छन् । बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (१) मा ४८ हजार चार सय ७२, मङ्गला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (२) मा ३७ हजार छ सय ४८ गरी जिल्लाभरि जम्मा ८६ हजार एक सय २० मतदाता छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  २ : ३५ बजे

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

बाँके– घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति (प्रतिमा) आज विसर्जन

सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–९ घतानका ६० वर्षीय दिलबहादुर दमाई र

८३ कैदीबन्दीले लगाए टीका

तनहुँ– विजयादशमीका दिन तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट

बन्दीपुर घुम्न आएका विदेशीलाई दशैँको टीका

तनहुँ– तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक

ह्यारिसको कवच बन्दै ओबामा

ठिक १६ वर्षअघि युवा जस्तो देखिने बाराक ओबामा ओहायोमा बसमा