सञ्चार सेवा अवरुद्ध हुँदा जुम्लामा सास्ती | Khabarhub Khabarhub

सञ्चार सेवा अवरुद्ध हुँदा जुम्लामा सास्ती


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाँच दिनदेखि जुम्लाको सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीयवासीदेखि सरकारी तथा गैरसरकारी कार्यालयलाई सास्ती भएको छ ।

जिल्लाको सञ्चार सेवालाई थप सुधारका लागि नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीमार्फत दूरसञ्चारको केन्द्रीय कार्यालयमा ध्यानाकर्षण गराएको छ ।

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिँदै गएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु सञ्चार जगतको मत्वपूर्ण भूमिका छ ।

सङ्घ र प्रदेशसभाको चुनाव नजिकिँदै गर्दा जुम्लामा एक सातादेखि सञ्चार सेवा अस्तव्यस्त भएको छ । इन्टरनेट सेवा र भ्वाइसकल पूर्णरुपमा अवरुद्ध भएको छ भने नेटवर्क आउने र जाने समस्याले उपभोक्तालाई सास्ती भएको छ ।

भ्वाइसकल र इन्टरनेट सेवा अवरुद्ध हुँदा चुनावी गतिविधि प्रकाशनलगायतका काम प्रभावित भएका छन् । भ्वाइसकलमा कुरा नबुझिने, फोन नलाग्ने, नाम मात्रको फोर जी देखिने, टु जीले पनि राम्रोसँग काम नगर्ने समस्याले उपभोक्ता मारमा परेका हुन् ।

असोज अन्तिम साताको विपद्ले प्रभावित भएको टेलिफोन तथा इन्टरनेट सेवा मर्मतपछि सञ्चालनमा आए पनि पटकपटक अवरुद्ध हुँदा नागरिकले सास्ती पाएको जनगुनासो बढेको छ ।

सञ्चार सेवा अस्तव्यस्त भएको गुनासोपछि नेपाल पत्रकार महासङ्घले बिहीबार जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम शाखा जुम्ला र निर्वाचन आयोगलाई विज्ञप्ति बुझाउँदै सञ्चार सेवा सुधारका लागि ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, “जिल्लामा फोर जी सेवा सञ्चालन भए पनि टु जी जस्तो सेवा छ । टेलिफोन र इन्टरनेट सेवा पटकपटक अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी कामकाज, निर्वाचन तयारीको काम र सञ्चारगृह प्रत्यक्ष प्रभावित भएका छन् । उपभोक्ता मारमा परेको गुनासो बढेको छ । समस्या पहिचान गरी यथाशक्य समाधान गरी सेवा प्रवाह गर्न ध्यानाकर्षण गर्दछौँ ।”

प्रमुख जिल्ला अधिकारी केसरीले जुम्लाको सञ्चार सेवा दयनीय भएकाले सुधारका लागि पहल भइरहेको बताए । क्षमता कम र प्रयोगकर्ता बढी हुँदा समस्या आएकाले चिमारा र माइथाप्लामा क्षमता वृद्धिका लागि काम भइरहेको उनले बताए ।

पत्रकार महासङ्घका अध्यक्ष नेत्रबहादुर शाहीले चुनाव नजिकिँदै गर्दा जुम्लामा सञ्चार सेवा अवरुद्ध हुँदा सबै गतिविधि प्रभावित भएको जानकारी दिए । सार्वजनिक चासोका विषयलाई उजागर गर्न महासङ्घले ध्यानाकर्षण गराको बताउँदै उनले चाँडै सुधार नभए अन्य दबावका कार्यक्रम अघि बढाउने उनले बताए ।

नेपाल टेलिकम कार्यालयका प्रमुख रामचन्द्र श्रेष्ठले चिमरा टावरको आइडियु र ओडियु प्रणालीमा समस्या आएको बताए । नयाँ मेसिन जडानको काम भइरहेको टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ३ : ४७ बजे

उपेन्द्र र माधव कांग्रेससँग मिलेर सरकार ढाल्ने योजनामा थिए : अशोक राई (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) आइतबारदेखि विभाजन

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली– भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र चट्याङसहितको

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो

काठमाडौं– नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ ।

नेप्से १५.६२ अंकले घट्यो, कारोबारमा पनि गिरावट

काठमाडौं– आज सोमबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) १५.६२ अंकले घटेको

कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७