स्याउ उत्पादनमा वृद्धि | Khabarhub Khabarhub

स्याउ उत्पादनमा वृद्धि


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कर्णाली– स्याउ खेतीका लागि प्रसिद्ध जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेको छ । जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले चालू आर्थिक वर्षमा १८ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जानकारी दिए । उनका अनुसार गत आवमा १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको थियो ।

स्याउ उत्पादन बढे पनि किसानले उचित मूल्य नपाउदा चिन्तित बनेका छन् । हाल उत्पादित १८ हजार मेट्रिकटनमध्ये ९ हजार मेट्रिकटन स्याउ नेपालगञ्जलगायतका बजारमा पठाइएको छ । तर स्याउले उचित मूल्य नपाएको किसानहरुको भनाइ छ ।

व्यवसायीहरुले मौसममा प्रतिकेजी ५० देखि ५५ मा स्याउ खरिद गरी प्रतिकेजी ६७ देखि ७० मा बिक्री गर्दै आएका थिए । तर अहिले किसानहरु त्योभन्दा निकै कम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन् । 

चन्दननाथ नगरपालिका– ८ जुम्लाका स्याउ व्यापारी धर्मसिंह कठायतले जुम्लाको अर्गानिक स्याउ सुर्खेत, नेपालगञ्ज, दाङ, बुटबल, नारायणगढ र काठमाडौँसम्म पुर्‍याए पनि उचित बजार मूल्य नपाएको गुनासो गरे ।

‘मैले प्रतिकेजी ५० मा स्याउ किनेर ढुवानी खर्चसहित प्रतिकेजी ६० मा नेपालगञ्ज पुर्‍याए’, उनले भने, ‘तर प्रतिकेजी ३० मा बिक्री गर्न बाध्य भएँ ।’ कोहलपुरमा शीतभण्डार नहुँदा स्याउको सुरक्षा हुन नसकेको र कुहिन दिनुभन्दा सस्तो भए पनि बेच्नैपर्ने बाध्यता आइलागेको उनको भनाइ छ । नाम चलेको जुम्लाको अर्गानिक स्याउ शीत भण्डारबाटै ल्याउँदा पनि मूल्य नपाउँदा आफू समस्यामा परेको कठायतले जनाए । जुम्लामा साउन, भदौ र असोजमा स्याउ टिप्न सुरु हुन्छ । तर कात्तिकपछि सिजन सकिन्छ ।

यो बेमौसमी बेलामा समेत यसले राम्रो मूल्य पाउन नसकेको र उपभोक्ताले पनि जुम्लामा उत्पादन हुने अर्गानिक स्याउको महत्व नबुझेको तातोपानी गाउँपालिका-२ जुम्लाका वीरेन्द्र डाँगीले बताए । मण्डीवालाले नै प्रतिकेजी ३० मा नदिए स्याउ नलिने भनेपछि अहिले फुटपाथमै बसेर फुटकर बेचिरहेको डाँगीको भनाइ छ । 

सिञ्जा गाउँपालिका-१ जुम्लाका कमल खत्रीको व्यथा पनि त्यस्तै छ । तीनै जनाले नेपालगञ्ज पुर्‍याएको १२ मेट्रिकटन स्याउले मूल्य नपाउँदा समस्यामा परिएको खत्रीको भनाइ छ । उनले भने, ‘हामी नेपाली आफ्नो उत्पादनलाई हेला गरेर विषादी मिसाएका विदेशी वस्तुलाई चिल्लो देखेर त्यसैमा झुम्मिन्छौँ । यो नै हाम्रो ठूलो कमजोरी हो भन्ने अनुभूति भयो ।’

 

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ४ : २८ बजे

चितवनविरुद्ध सुरुमा ब्याटिङ गर्दै कर्णाली

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो दिनको पहिलो

सुदूरपश्चिममा उत्पादकत्व बढ्यो, क्षेत्रफल घट्यो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षहरूमा क्षेत्रफल घटे पनि उत्पादकत्वमा वृद्धि

एमाले संसदीय दलको बैठक : संसद विघटनको विषयमा छलफल हुने

काठमाडौं – नेकपा एमालेले मंगलबार विघटित संसदीय दलको बैठक बोलाएको

पोखरामा पशु क्वारेन्टाइन सेवा थालनी

कास्की– सङ्घीय सरकारले गण्डकी प्रदेशको राजधानी पोखरामा पशु क्वारेन्टाइन कार्यालय

श्री एयरलाइन्स सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर

काठमाडौं– श्री एयरलाइन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा