काठमाडौँ- ३ मा पुराना राई र नयाँ चालिसेबीच प्रतिस्पर्धा | Khabarhub Khabarhub

काठमाडौँ- ३ मा पुराना राई र नयाँ चालिसेबीच प्रतिस्पर्धा


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुलुकमा अहिले चुनावी रौनक बढेको छ । चुनावको मिति नजिकिँदै गर्दा काठमाडौँ क्षेत्र नं ३ मा पनि  चुनावी माहौल बढेको हो । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि यो क्षेत्रमा पुराना र नयाँ नेताबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यस  क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आठ र स्वतन्त्रसहित २३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यहाँ नेकपा (एमाले) को तर्फबाट कृष्णबहादुर राई र नेपाली कांग्रेसको तर्फबाट सन्तोष चालिसे उम्मेदवार छन् । राई सोही क्षेत्रबाट विसं २०७४ मा निर्वाचित भएका थिए । विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार भएका राईले चार हजार दुई सय ८५ मतान्तरले कांग्रेसका अम्बिका बस्नेतलाई पराजित गरेका थिए । उनले १९ हजार एक सय ६९ मत प्राप्त गरेका थिए । राई अहिले एक्लै चुनावी मैदानमा छन् । त्यतिबेला माओवादीको साथ पाएका राईलाई गत स्थानीय तहको मत परिणामले पनि यसपटकको निर्वाचनमा चुनौती थपिदिएको छ । माओवादीका बद्रीप्रसाद बजगाईँले पनि उम्मेदवारी दिएका छन्  । 

कांग्रेसका चालिसेले काठमाडौँ उपत्यका तथा आफ्नो क्षेत्रमा भएको खानेपानीको समस्या दीर्घकालीनरूपमा समाधानका लागि आवश्यक पहल गर्ने मुख्य लक्ष्य लिएका छन् । विकास निर्माणसँग जोडिएका सडक, ढल र खानेपानीको निकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने पनि उनको प्रतिबद्धता छ । उम्मेदवार चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्वप्रमुख हुन्। आफू प्रमुख हुँदा विकास निर्माण र जनपक्षीय काम गरेकाले पनि आफ्नो जित निश्चित भएको उनको जिकिर छ ।

एमालेका राई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारासहित चुनावी मैदानमा होमिएका छन् । समाजवादउन्मुख समाज निर्माणको अभियानमा लाग्ने अठोट लिएका उनी अब समाज समाजवादउन्मुख हुनुपर्ने बताउँछन् । सामाजिक र सांस्कृतिक परिवर्तनसहितको समाज बनाउनुपर्नेमा उम्मेदवार राईको जोड छ । एमालेको योजनाअनुसार गोकर्णेश्वरलाई सुविधासम्पन्न नगरपालिका बनाएर जनताको जीवनस्तर उच्च बनाउने आफ्नो प्रमुख लक्ष्य रहेको उनको भनाइ छ ।

प्रतिनिधिसभा निर्वाचन काठमाडौँ क्षेत्र नं ३ मा काठमाडौँ महानगरपालिका, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी नगरपालिकाका गरी कुल १३ वडा समेटिएका छन् । तीमध्ये कांग्रेस पाँचवटा काठमाडौँ वडा नं ६, गोकर्णेश्वर ५, ८, ९ र कागेश्वरीको २ नं वडामा विजयी भएको थियो ।

एमालेले सात वडा गोकर्णेश्वरका १, २, ३, ६, ७, सोही क्षेत्रअन्तर्गत पर्ने कागेश्वरीको १ र ३ वडामा विजयी हासिल गरेको थियो । त्यस्तै स्वतन्त्रले पनि गोकर्णेश्वर-४ वडामा विजयी हासिल गरेको थियो । कांग्रेसका वडाध्यक्षहरूले १५ हजार सात सय ९५ मत पाएका थिए भने एमालेका वडाध्यक्षहरुले १४ हजार आठ सय ७६ मत प्राप्त गरेका थिए । माओवादीका वडाध्यक्षहरूले एक हजार छ सय ८७ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी) का वडाध्यक्षहरूले एक हजार ५६ मत प्राप्त गरेका थिए ।

उक्त क्षेत्रमा एमालेका राई, कांग्रेसका चालिसे, माओवादीका बजगाईँसँगै राप्रपाबाट गणेश गिरी, नेमकिपाबाट बिशोक डङ्गोल, हाम्रो नेपाली पार्टीबाट द्वारिका अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापा क्षेत्रीलगायतको उम्मेदवारी परेको छ । सो क्षेत्रको प्रतिनिधिसभा सदस्यका लागि दिनेश खड्का, कविता विष्ट सुनार, दिनेश खनाल, निरञ्जन पुडासैनी, जगन्नाथ देवकोटा, श्रीकृष्ण ज्योति, बिन्दु मगर, राजेश विष्ट, केदारनाथ मिश्रको स्वतन्त्र उम्मेदवारी रहेको छ ।

प्रतिनिधिसभा निर्वाचन काठमाडौँ क्षेत्र नं ३ मा ५८ हजार आठ सय ८९  मतदाता छन् । तीमध्ये २८ हजार आठ सय पाँच पुरुष र ३० हजार ८४ महिला मतदाता छन् । उक्त क्षेत्रमा २९ मतदानस्थल र ६८ मतदान केन्द्र निर्धारण गरिएको छ ।

 

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ४ : ३९ बजे

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

बाँके– घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति (प्रतिमा) आज विसर्जन

सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–९ घतानका ६० वर्षीय दिलबहादुर दमाई र

८३ कैदीबन्दीले लगाए टीका

तनहुँ– विजयादशमीका दिन तनहुँ कारागारका ८३ जना कैदीबन्दीले आफन्तको हातबाट

बन्दीपुर घुम्न आएका विदेशीलाई दशैँको टीका

तनहुँ– तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक

ह्यारिसको कवच बन्दै ओबामा

ठिक १६ वर्षअघि युवा जस्तो देखिने बाराक ओबामा ओहायोमा बसमा