बास्केटबल प्रतियोगिता : इनोभेटिभ क्वाटरफाइनलमा « Khabarhub

बास्केटबल प्रतियोगिता : इनोभेटिभ क्वाटरफाइनलमा


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इनोभेटिभ आठौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

इनोभेटिभले लोक आदर्शलाई ६-२ ले पराजित गर्‍यो । इनोभेटिभको जितमा पूजा थापाले ४ अंक योगदान गरिन् । गल्र्समै दियाको ४ अंक सहयोगमा न्यु भिजनले जेसेसलाई १६-४ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो ।

जुनियर ब्वाइजमा भ्याली भ्यूले ओसिसलाई ९-२ ले पन्छ्याउदै क्वाटरफाइनल यात्रा तय गर्‍यो । भ्याली भ्यूका रोहित शर्माले ४ अंक जोडे ।

सिनियर ब्वाइजमा पुष्पसदनले जुबिलियन्टलाई २६-१४, आयोजक रेडिअन्ट पब्लिकले रेडिअन्ट रिडर्सलाई ३८-१६, हार्टल्यान्डले हेम्सलाई ३६-२९जेनिथलेएक्सेल्सियरलाई ३६-७ ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान बनाए । पुष्पसदनका मिलन कुँवरले १३, रेडिअन्ट पब्लिकका सुवास गौतमले १२, हार्टल्यान्डका प्रशान्त धामीले १५ र जेनिथका सुशिल शाहीले १७ स्कोर गरे ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ५ : ०७ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग