एक पुरुष मृत फेला « Khabarhub

एक पुरुष मृत फेला


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साँझको समयमा घरबाट निस्केर गाउँतिर घुम्न गएका एक जना पुरुष बझाङमा मृत फेला परेका छन् । सुर्मा गाउँपालिका वडा नम्बर २ घोगाणा निवासी ४५ वर्षीय विक्रम बोहरा मृत अवस्थामा फेला परेको बताइएको छ ।

बुधबार साँझ गाउँतिर घुम्न जाने भनेर घरबाट हिँडका बोहरा अबेरसम्म घरमा नपुगेपछि उनका आफन्तले खोजी गरेका थिए । उनीहरूले बिहीबार बिहान घोगणाको मेडिखान भन्ने स्थानमा मृत फेला पारेको प्रहरीको भनाइ छ ।

बोहराको शवलाई पोस्टमार्टम गरेर दाहसंस्कारको निम्ति आफन्तले लगेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ५ : ५८ बजे

संसद् भवन जलाउनेलाई रास्वपाको टिकट, तनुजाको कटाक्ष- राष्ट्रको सम्पत्ति विध्वंश गर्नेको राम्रै मूल्यांकन भएछ

काठमाडौं- जेन–जी आन्दोलनकी अगुवा तनुजा पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत् जेन–जी

प्रादेशिक अस्पताल लहानमा शव साटिएको घटना के हो ? 

काठमाडौं– सीराहाको लहानस्थित रामकुमार सारडा–उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा शव हेरफेर

सहाराविहीन बालबालिकाको सहारा बन्दै रोङ गाउँपालिका

मङ्गलबारे – यहाँका कैयौँ अभिभावकविहीन बालबालिका सडकमा पुगेका छन् ।

भ्रष्टाचार मुद्दामा नौ वर्ष जेल सजाय सुनाइएका बद्री न्यौपानेलाई पार्टीमा भित्र्याए प्रचण्डले

काठमाडौं- भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका चुरे भावर राष्ट्रिय पार्टीका

प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं-तराई मधेश द्रुतमार्गको निरीक्षण

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना