राजीव गान्धी हत्यामा संलग्न छ जनालाई रिहा गर्न भारतीय सर्वोच्च अदालतको आदेश « Khabarhub

राजीव गान्धी हत्यामा संलग्न छ जनालाई रिहा गर्न भारतीय सर्वोच्च अदालतको आदेश


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्यामा संलग्न भई आजीवन कारावासको सजाय भोगिरहेका छ जनालाई रिहा गर्न भारतको सर्वोच्च अदालतले आदेश दिएको छ । नलिनी श्रीहरन र आरपी रविचन्द्रनसहित छ जनालाई रिहा गर्न सर्वोच्चले आज आदेश दिएको हो ।

अदालतले गान्धीको हत्याका दोषी लामो समयदेखि कारागारमा रहेका तथा उनीहरूको असल आचरणलाई दृष्टिगत गरी थुनामुक्त गर्न आदेश दिएको जनाइएको छ ।

“नलिनी तीन दशकभन्दा बढी समयदेखि जेलमा छिन् उनको आचारण पनि सन्तोषजनक छ, उनीसँग कम्प्युटर एप्लिकेशनमा पोष्ट ग्राजुएट डिप्लोमा छ । रविचन्द्रनको पनि आचारण सन्तोषजनक रहेको पाइएको छ, उनले पनि कला सङ्कायमा पोष्ट ग्राजुएट गरेका छन्,” सर्वोच्च अदालतले भनेको छ ।

तमिलनाडु सरकारले पनि उनीहरूको आजीवन कारावासको सजाय माफ गर्दै रिहाइका लागि सिफारिस गरेको थियो । संविधानको धारा १६१ अन्तर्गत प्राप्त अधिकारको प्रयोग गर्दै उनीहरूको रिहाइका लागि राज्यपालसमक्ष सिफारिस गरिएको थियो ।

गान्धीको हत्यामा संलग्न एक जनालाई तमिलनाडु सरकारले गरेको सिफारिसका आधारमा रिहा गरिएपछि नलिनीलगायतले सर्वोच्च अदालतको ढोका ढक्ढक्याएका थिए ।

सन् १९९१ को मे महिनामा तमिलनाडु राज्यको श्रीपेरुम्बुदुरमा भएको चुनावी र्‍यालीमा धनु भनेर चिनिने एक महिलाले आत्मघाती बम आक्रमण गरेर राजीव गान्धीको हत्या गरेकी थिइन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ६ : ३४ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका