प्रधानमन्त्री कप क्रिकेट : आर्मी फाइलनमा « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : आर्मी फाइलनमा


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभागीय टोली त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा आर्मी नेपाल पुलिस क्लबलाई दुई विकेटले हराउँदै फाइनलमा पुगेको हो । पुलिसले दिएको ३०५ रनको लक्ष्य आर्मीले ४९ दशमलव पाँच ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो ।

आर्मीको जितमा रोहित पौडेलले ८९ रनको अर्धशतकीय इनिङ खेले भने हरि चौहानले ७५ रनको योगदान दिए । राजेश पुलामीले अविजित ४३ रन बनाए भने शाहब आलम १ रनमा अविजित रहे । कप्तान विनोद भण्डारीले ३२ रन जोड्दा विक्रम सोबले ३० तथा अर्जुन साउदले ११ रन जोडे । भीम सार्कीले १० रन जोड्दा कुशल मल्ल शून्य रनमा आउट भए ।

पुलिसका करण केसी एक्लैले छ विकेट लिए भने राशिद खान र ललित राजवंशीले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३०४ रन बनाएको थियो । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ खेलेका थिए । दीपेन्द्रले सर्वाधिक १४० रन बनाए । यस्तै आरिफ शेखले अविजित रहँदै ९१ रनको अर्धशतकीय इनिङ खेले । 

त्यसैगरी करण केसी आठ रनमा अविजित रहे भने कुशल भुर्तेल ३१, सुनिल धमला १३ र अमित श्रेष्ठ १० रनमा आउट भए । आर्मीका विक्रम सोबले तीन विकेट लिए भने सुशन भारीले एक विकेट लिए । अब उपाधि भिडन्तमा आर्मी र एपीएफ क्लब भिड्नेछन् । फाइनल खेल भोलि शनिबार हुनेछ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पाउने छन् । 

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ७ : ४६ बजे

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष