मान्छेलाई आक्रमण गरी घरभित्र पसेको चितुवा मृत भेटियो « Khabarhub

मान्छेलाई आक्रमण गरी घरभित्र पसेको चितुवा मृत भेटियो


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

वालिङ – आज बिहान तीनजनालाई आक्रमण गरी घरभित्र पसेको चितुवा मृत भेटिएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ कफ्लेटीस्थित चण्डीप्रसाद पराजुलीको घरभित्र पसेको चितुवा मृत भेटिएको इलाका वन कार्यालय वालिङका प्रमुख सरोज जमरकट्टेलले बताए।

बिहान ९ः१५ बजेको समयमा खेतमा काम गरिरहेका एक पुरुषलाई आक्रमण गरेर आएको चितुवा पराजुलीको घरमा पसेको थियो । घरभित्र पसेको चितुवाले दुई महिलालाई आक्रमण गरी घाइते बनाएको थियो । मान्छेलाई आक्रमण गरी घाइते बनाएसँगै स्थानीयवासीले चितुवालाई घरमै थुनेका थिए ।

“घरमै थुनेर राखिएको अवस्थामा बिहान करिब ११ः३० बजेतिर घटनास्थलमा पुग्दा चितुवा जिउँदै थियो”, उनले भने, “दिउँसो ३ः३० बजेतिर चितुवालाई खोरमा हाल्न खोज्दा मरिसकेको थियो ।”

चितुवा बिरामी भएका कारण वा विष खाएर मानिसलाई आक्रमण गरेको हुनसक्ने र सोही कारण मरेको हुनसक्ने उहाँले आशङ्का व्यक्त गरे । मरेको चितुवालाई शल्यक्रियाका लागि डिभिजन वन कार्यालय स्याङ्जा लगिएको छ । शनिबार शल्यक्रिया गरिने भएकाले मृत्युको कारण पत्ता लाग्ने उनले बताए ।

चितुवाको आक्रमणबाट स्थानीय एक पुरुष र दुई महिला गरी तीनजना घाइते भएका थिए । घाइतेहरूको अनुहार, छाती र पाखुरामा गहिरो चोट लागेकाले पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ९ : ३९ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर