इंग्ल्यान्डलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा « Khabarhub

इंग्ल्यान्डलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्ल्यान्डलाई पराजित गर्दै साविक विजेता फ्रान्स विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ।

शनिबार राति कतारको अल बायत स्टेडियममा भएको अन्तिम क्वाटरफाइनलमा फ्रान्सले इंग्ल्यान्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

फ्रान्सको जितमा ओरेलिएन चुवामेनी र ओलिभर जेरुडले एक-एक गोल गरे।इंग्ल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टी गोल फर्काए। केन अर्को एउटा पेनाल्टीमा चुक्दा इंग्ल्यान्डको कतार विश्वकप यात्रा टुंगिएको हो।

खेलको १७ औं मिनेटमा फ्रान्सका लागि गोल गर्दै चुवामेनीले सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफ १ शून्य गोल अन्तरमा सकिएको खेलको ५४ औं मिनेटमा केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई १-१ को बराबरीमा फर्काएका थिए।

खेलको ७८ औं मिनेटमा जेरुडले हेडरमार्फत उत्कृष्ट गोल गर्दै फ्रान्सलाई २-१ को अग्रता दिलाए। फ्रान्सका लागि दुवै गोलको पास ग्रिजम्यानले मिलाएका थिए। खेलको ८४ मिनेटमा इंग्ल्यान्डले पाएको पेनाल्टीको सदुपयोग नगर्दा उसले विश्वकप यात्रा टुंग्याएको हो।

अब फ्रान्सले सेमिफाइनलमा मोरक्कोको सामना गर्नेछ। शनिबार राति पोर्चुगललाई १ शून्यले पराजित गर्दै मोरक्कोले सेमिफाइनल यात्रा तय गरिसकेको छ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ५ : २० बजे

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न

छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– मुलुकको विकास साझेदारहरूबाट चालु आर्थिक वर्षको प्रथम छ महिनामा

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण