कतार विश्वकप : सेमिफाइनलका खेल मंगलबार र बुधबार « Khabarhub

कतार विश्वकप : सेमिफाइनलका खेल मंगलबार र बुधबार


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कतार विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबार राति अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो।

कतार विश्वकपमा साविक विजेता फ्रान्स, उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्को सेमिफाइनलमा पुगेका छन्।

कतार विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल मंगलबार राति हुनेछ।

क्वाटरफाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्स र क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन्।

यस्तै दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ। यो खेल बुधबार राति हुनेछ।

फ्रान्सले क्वाटरफाइनलमा इंग्ल्यान्ड र मोरक्कोले पोर्चुगललाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन्।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ६ : ५३ बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६