‘महिनावारी समस्या बारे छलफल हुनुपर्छ’ | Khabarhub Khabarhub

‘महिनावारी समस्या बारे छलफल हुनुपर्छ’

पिसाब चुहिने समस्याबारे खुल्नुपर्छ



पछिल्लो समय ग्रामीण एरियामा महिला प्रजनन स्वास्थ्यमा विभिन्न समस्या देखा परेका छन् । महिला प्रजनन स्वास्थ्यमा कसरी ध्यान दिने त ? यसै विषयमा आधारित भएर जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीसँग खबरहबका लिग विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय ग्रामीण एरियामा महिला प्रजनन स्वास्थ्यमा के कस्ता समस्या देखा परेका छन् ?
महिलाको प्रजनन स्वास्थ्यमा हुने समस्याको बारेमा पहिलाभन्दा पछिल्लो समय धेरै छलफल भएको हुँदा धेरै मात्रामा देखिन थालेको मात्र हो। म यस क्षेत्रमा कार्यरत भएको ३४ वर्ष भयो । त्यो महिलाको पाठेघर खस्ने, असुरक्षित गर्भपतन हुने जस्ता समस्याहरु पहिलादेखि नै थियो र अहिले यस्ता प्रजनन स्वास्थ्यका समस्याहरू सम्बन्धी धेरै छलफलहरू भएर सरकारले केही नीति तथा कार्यक्रमहरू बनाएको छ । तर अझै पनि महिलाको पिसाब चुहिने समस्या, महिलाको महिनावारी सुकिसकेपछि हुने समस्याको बारेमा छलफल हुन नै बाँकी छन् । यस्ता समस्या ग्रामीण भेगमा मात्र नभई सहरी क्षेत्रमा पनि छन् । अहिले महिलाहरूको पिसाब चुहिने समस्या धेरै देखिन्छ । ४० वर्षदेखि माथिका महिलामा हाँस्दा, बल परेको कामहरू गर्दा पिसाब चुहिने हुन्छ । महिनावारीको समयमा हुने समस्याहरूको बारेमा छलफल हुन बाँकी नै छ । यो समस्या धेरै ठूलो होइन । तर यसले मानसिक रूपमा असर पार्छ । यो समस्या सहरका महिलामा पनि छ ।

यो महिलाले पुरुष डाक्टरलाई खुलेर भन्ने नसकेको कारणले बढी भएको हो ?
पुरुषहरूले पनि धेरै जाँच गर्दछन् । तर पनि महिलाहरूले पुरुष स्वास्थ्यकर्मी भएको ठाउँमा गएर आफ्नो समस्या भन्न लाज मान्ने गरेका छन् । धेरै ग्रामीण भेगका महिलाहरूमा पाठेघरको समस्या धेरै हुने गरेको छ । सहरका महिलाहरू शिक्षित भएको कारणले यो समस्या समयमा नै खुलेर उपचार गरेका कारण सहरमा यो समस्या गाउँको तुलनामा थोरै छ । यो पिसाब चुहिने समस्याको पनि महिलाले समयमा नै वा महिनावारी रोकिने बित्तिकै उपचार गर्याे भने यो समस्यामा कमी हुन्छ ।

यो के कारण हुने गरेको छ ?
पिसाब चुहिरहने समस्या धेरै ग्रामीण भेगमा छ किनभने महिलाहरू यो समस्या खुलेर भन्न सक्दैनन् । व्यायाम, योगा र व्यायाम गर्नुपर्दछ । महिलाहरूले आफ्नो प्रजनन अङ्गलाई सधैँ सफा राख्नु पर्दछ । कुपोषण भएको महिलामा यो समस्या धेरै हुन्छ । चुरोट खाएर धेरै खोक्ने महिलामा पनि यो समस्या धेरै हुन्छ । समयमा नै सफा राख्ने हो भने यो समस्या आफै कम भएर जान्छ । यो समस्या हो र यसलाई समाधान गर्न सकिन्छ भनेर जाँच गर्याे भने यो उपचार हुन्छ ।

यो कुन उमेर समूहमा धेरै हुन्छ ?
यो समस्या २५–३० वर्षसम्मको त्यक्तिमा देखिँदैन । खासगरी विवाहित महिलामा त्यो पनि ३–४ वटा बच्चाहरु पाइसकेपछि पाठेघरको मांसपेशीहरू कमजोर भएर मूत्र नलीमा पिसाब बढी भएपछि यो समस्या हुन्छ । त्यो बेला पाठेघर वरपरका नलीहरूमा यता उता हुँदा यो समस्या हुन्छ । लगातार पिसाब चुहिदा कपडा गनाउन थाल्छ र समयमा कपडा फेर्न नसक्दा यो समस्या झन् बढ्न सक्छ ।

यो समस्या नआओस् भनेर के के कुरामा ध्यान दिने त ?
व्यायाम गर्ने पोषणमा ध्यान दिने, मोटोपन हटाउने, मधुमेहको बिरामीमा पनि यो समस्या हुन्छ सुत्केरीमा राम्रो स्याहार नहुँदा यो समस्या हुन्छ । शरीरलाई ठिक्क तौलमा राख्ने, व्यायाम गर्ने त्यसले पाठेघरलाई ठिक ठाउँमा अड्याउन पनि मद्दत गर्दछ । पिसाबको इन्फेक्सन हुन नदिन पर्याप्त मात्रमा पानी पिउने र पोषणमा ख्याल गर्ने । यति हुँदा पनि समस्या भयो भने स्वास्थ्य चौकीमा गएर जाँच गर्नु पर्दछ । (प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

 

 

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ८ : ०३ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

सिराहा– कल्याणपुर नगरपालिका-९ डुमरीस्थित सडकमा कल्याणपुरबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश २-०१-००४ प

मापदण्डविपरीत सञ्चालित स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्डविपरीत स्वास्थ्यसेवा सञ्चालन गरिरहेका सेवाप्रदायक

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै

काठमाडौं– सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको

सानिमा बैंकमा नक्कली खाता खोलेर वैदेशीक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– देशमा पछिल्लो समय ठगीका घटना निकै बढिरहेका छन् ।

गालीको राजनीतिका कारण दलहरुबीच तिक्तता खडा भयो : सभापति देउवा

काठमाडौं– नेपाली काँग्रेसका सभापति शेरबहादुर सभापति देउवाले अहिलेको चुनौतीको सामना