विश्वकपबाट बाहिरिएपछि रुँदै बिदा भए रोनाल्डो  | Khabarhub Khabarhub

विश्वकपबाट बाहिरिएपछि रुँदै बिदा भए रोनाल्डो 


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई हराएसँगै स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो रुँदै विश्वकपबाट बिदा भएका छन्।

शनिबार सम्पन्न प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा रोनाल्डो बेन्चमा रहेर खेलको सुरुवात गरेका थिए। पहिलो हाफमै पोर्चुगल १-० ले पछि परेसँगै प्रशिक्षक फर्नान्डो सान्तोसले दोस्रो हाफ सुरु भएको केहीबेरमा रोनाल्डोलाई मैदान प्रवेश गराएका थिए।

तर रोनाल्डो र पोर्चुगलले गोल फर्काउन नसक्दा टोली हार बेहोर्न पुग्यो। रोनाल्डो खेल सकिएलगत्तै गहभरी आँसु लिएर ड्रेसिङ रुमतर्फ लागेका थिए। कतार विश्वकपमा उत्कृष्ट सुरुवात गरेका रोनाल्डोले समूह चरणको तीनै खेल सुरुवाती रोजाइमा खेलेका थिए।

घानाविरुद्ध पेनाल्टीमा गोल गर्दै रोनाल्डो विश्वकपको पाँच फरक संस्करणमा गोल गर्ने पहिलो पुरुष खेलाडी बनेका थिए। दोस्रो खेलमा उरुग्वेविरुद्ध ब्रुनो फर्नान्डेसको गोललाई आफ्नो माग गरेका कारण उनी चर्चामा आएका थिए। तेस्रो खेलमा भने उनलाई परिवर्तन गर्दाको व्यवहारका कारण प्रशिक्षक सान्तोस रुष्ट बनेका थिए।

अन्तिम १६ को खेलमा रोनाल्डो पोर्चुगलको बेन्चमा रहेका थिए। उनी खेलको अन्त्यतिर मैदान प्रवेश गरे पनि उनको स्थानमा आएका फरवार्ड गोन्कालो रामोसले ह्याट्रिक पूरा गर्दै टोलीलाई ६-१ को जित दिलाएका थिए।उनै रामोस क्वाटरफाइनलमा भने निकै खराब प्रदर्शन गर्न पुगे। रोनाल्डो दोस्रो हाफमा मैदान छिरे पनि नतिजा बदल्न सकेनन् र विश्वकपबाटै बिदा भए।

समग्रमा रोनाल्डोले सन् २००६ देखि २०२२ सम्म पाँच पटक विश्वकप खेले। यसक्रममा उनले ८ गोल गरेका छन्। रोनाल्डोले विश्वकपमा कुल २२ खेल खेलेका छन्।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ७ : ५९ बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं- नेपाली कांग्रेसले आज बिहान बस्ने गरि संसदीय कार्यसमिति र

जबरजस्ती करणीको जाहेरी परेपछि फरार एमाले नेता विदुर शर्मा

काठमाडौं– नेकपा एमाले दोलखाका नेता विदुर शर्मा फरार भएका छन्।

विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं– नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल

देशका केही स्थानमा हावा हुरीसहित वर्षाको सम्भावना

काठमाडौं–  हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव