विश्वकपको ड्युटी गर्दागर्दै ढलेका सेक्युरिटी गार्डको अवस्था गम्भीर « Khabarhub

विश्वकपको ड्युटी गर्दागर्दै ढलेका सेक्युरिटी गार्डको अवस्था गम्भीर


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारमा जारी फिफा विश्वकपको क्रममा ड्युटीमा गर्दागर्दै लुसेल स्टेडियममा ढलेका एक सेक्युरिटी गार्डको अवस्था गम्भीर रहेको छ।

शनिबार लुसेल स्टेडियममा ड्युटीको क्रममा ढलेर गम्भीर घाइते भएका एक सेक्युरिटी गार्डलाई तत्काल अस्पताल लगिएको र उपचार पछि पनि अवस्था गम्भीर रहेको कतारको सुप्रीम कमेटी फर डिलिवरी एण्ड लिगेसी (एससी) को सर्वोच्च समितिले जनाएको छ।

सर्वोच्च समितिले शनिबार राती ट्विटरमा एक विज्ञप्ति जारी गर्दै ती गार्डको सघन उपचार केन्द्रमा उपचार भइरहेको जनाएको छ । ‘उनको अवस्था नाजुक अवस्थामा रहेको छ । हाम्रो प्रार्थना यस समयमा उनी र उनको परिवारसँग छ। हामी उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।’ विज्ञप्तिमा उल्लेख छ।

उनी अस्पतालमा उपचार रहँदा पनि पूरा तलब पाउने विज्ञप्तिमा उल्लेख छ। उनी कुन देशका हुन् भन्ने पनि खुलाइएको छैन। फिफा विश्वकप आयोजक देश कतारले उनी कारणले स्टेडियममै ढलेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ८ : २२ बजे

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको