नेपालका ६ खेलाडी एसियन च्याम्पियनसिपका लागि छनोट « Khabarhub

नेपालका ६ खेलाडी एसियन च्याम्पियनसिपका लागि छनोट


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका ६ खेलाडी एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागी हुने भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियनसिप २०२२ को शीर्ष १६ वरियतामा स्थान बनाउँदै ६ खेलाडीले एसियन टेबल टेनिस च्याम्पियनसिप छनोट खेल्ने पक्का गरेका हुन् । पुरुषतर्फ पाँच खेलाडी छनोट हुँदा महिलातर्फ एक खेलाडी छनोट भइन्।

पुरुषतर्फ नेपालबाट सहभागी भएका संयोग कपाली, रुविन महर्जन, बिनेश खनिया, शिव सुन्दर गोथे र प्रदीप रोक्का गरि पाँचै खेलाडी छनोट भए । महिलातर्फ नेपाल वरीयता एककी नविता श्रेष्ठ मात्रै सफल भइन् । नेपालकी एलिना महर्जन, इभाना थापा, रविना महर्जन, सिक्का सुवाल श्रेष्ठ भने १६ वरियतामा पर्न असफल भए।

शुक्रबार भएको समूह चरणमा विजयी हुँदै संयोग, रुविन, बिनेश र नविता छनोट भइसकेका थिए । शनिबार भएको खेलमा पराजित भए पनि शिव र प्रदीप शीर्ष १६ वरियतामा स्थान बनाउँदै छनोट हुन सफल भएका छन्।

अन्तिम खेलमा शिव पाकिस्तानका हसिव ख्वाजासँग सोझो सेटमा हार्न पुगे । आइतबार शिवले नवौं वरियताको लागि बंगलादेशका नाफिज इक्वालसँग प्रतिस्पर्धा गर्नेछन् । यसैगरी प्रदीप बंगलादेशका रामहिमलियान वानसँग ३–२ सेटमा पराजित भए पनि १६औं वरियतामा रहन सफल भए।

पुरुषतर्फ नेपालका पाँच खेलाडी छनोट हुँदा पाकिस्तानका चार, बंगलादेश, भारत र श्रीलंकाका दुई–दुई खेलाडी छनोट हुँदा माल्दिभ्सका एक खेलाडी छनोट भए । पुरुषतर्फ पाकिस्तानका हसिव खवाजा, मोहम्मद शाह खान, फहाद खवाज र फइजान जाहूर छनोट भए । भारतका सनिल शंकर सेटी र हर्मित राजुल डेसाइ छनोट हुँदा श्रीलंकाका प्रसाद जयशंका डी सिल्भा र भुवनेका निर्मला बन्दरा जयासिंघे भएका छन् । यसैगरी बंगलादेशका रामहिमलिआन बाव र नाफिज इक्वाल तथा माल्दिभ्सका मूसा मुन्सिफ अमहेन छनोट भए।

महिलातर्फ शीर्ष वरीयतामा भारत र श्रीलंकाका पाँच–पाँच खेलाडी छनोट हुँदा पाकिस्तान तीन र माल्दिभ्स, नेपाल र बंगलादेशका समान एक खेलाडी छनोट भएका छन् । भारतकी मनिका बट्रा, श्रीजा अकुला, रीथ रिस्या टेनिसन, अर्चना गिरिस कमाथ र दिया पाराङ चितल छनोट भए। यसैगरी श्रीलंकाबाट विमन्दी सन्दिन्सा स्वा, मनिशा शालिन्दी, तामादी काभिन्ध्या, कसुनी हिमाय पितिगला, ओनेली लेहान्सा डोना छनोट भएका छन् । पाकिस्तानकी हूर फवाद, पेनिया जहान खान र हाइक्वा हसन गरी तीन खेलाडी छनोट भए । यस्तै, माल्दिभ्सकी फाथिमथ धिमा अलि, बंगलादेशकी आइशे रोहमन र नेपालकी नविता छनोट हुन सफल भइन्।

एसियन च्याम्पियनसिप छनोटमा यस प्रतियोगिताबाट महिला र पुरुष समान १६ खेलाडी छनोट भएका छन् । एसियन च्याम्पियनसिप सन् २०२३ को ७ देखि १३ जनवरीसम्म कतारको दोहामा आयोजना हुनेछ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  १० : ४७ बजे

ह्याट्रिक गर्न चुके ब्राजिलका विनीसियस जुनियर

काठमाडौँ – स्टार फरवार्ड विनीसियस जुनियरको उत्कृष्ट प्रदर्शनको मद्दतले ब्राजिल

ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित, अन्तिम ३२ को समीकरण रोचक

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६

स्कटल्यान्डविरुद्ध ब्राजिलको दबदबा : ६० मिनेटमा तीन गोलको अग्रता

काठमाडौँ – फिफा विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले

आज २०८३ साल असार ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६