गण्डकी प्रदेशमा समानुपातिक सांसद कुन जिल्लाका कति? « Khabarhub

गण्डकी प्रदेशमा समानुपातिक सांसद कुन जिल्लाका कति?


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकीमा समानुपातिक सांसदको सिट बाँडफाँट भएको छ। दलहरूले आफूले प्राप्त गरेका सिटहरूमा उम्मेदवार पठाएका छन्। निर्वाचन आयोगले उनीहरुलाई निर्वाचित भएको घोषणा गर्न बाँकी छ। दलहरुले पठाएका नामहरु हेर्दा समानुपातिक सांसदको बाँडफाँट जिल्लागत रुपमा समानुपातिक देखिएको छैन।

११ जिल्ला रहेको गण्डकीका तीन जिल्लाले समानुपातिक सांसद नपाउने भएका छन्। मनाङ, मुस्ताङ र तनहुँमा समानुपातिक कुनै सांसद हुने छैनन्। सबैभन्दा बढी सांसद बागलुङले पाएको छ। बागलुङबाट मात्रै विभिन्न पार्टीबाट ७ जना समानुपातिक सांसद बनेका छन्।

कास्कीबाट ५ जना, स्याङजाबाट ४ जना, लमजुङबाट ३ जना, नवलपुरबाट २ जना तथा गोरखा, पर्वत र म्याग्दीबाट १/१ सांसद बनेका छन्। योसँगै बागलुङ र कास्की जिल्ला सबैभन्दा बढी सांसद भएको जिल्ला बनेका छन्।

प्रत्यक्षबाट ४ र समानुपातिकबाट ७ सहित ११ सांसद बागलुङबाट मात्रै बनेका छन्। कास्कीमा पनि समान ११ सांसद छन्। प्रत्यक्षमा ६ र समानुपातिक ५ सांसद कास्कीबाट छानिएका हुन्। स्याङजामा ८, नवलपुरमा ६ जना सांसद बनेका छन्। गोरखा र लमजुङमा ५/५, तनहुँमा ४ तथा पर्वत र म्याग्दीमा ३/३ जना सांसद छन्। मनाङ र मुस्ताङमा २÷२ जना सांसद छन्। मनाङ, मुस्ताङ र तनहुँमा प्रत्यक्ष निर्वाचित सांसद मात्रै आएका हुन्।

गण्डकी प्रदेश सभाको आगामी कार्यकालमा २१ जना महिला सांसद हुनेछन्। संविधानले कम्तिमा ३३ प्रतिशत महिला सांसदको सहभागिता सुनिश्चित गरेपछि दलहरुले महिलालाई प्राथमिकताका साथ छनोट गरेका हुन्। सबैभन्दा धेरै कांग्रेसबाट ९ जना महिला सांसद बनेका छन् भने एमालेबाट ८ जना सांसद महिला छन्। माओवादीबाट ३ र राप्रपाबाट १ जना सांसद महिला क्लष्टरबाट आएका हुन्। दलित क्लष्टरबाट ६ जना सांसद बनेका छन्।

एमालेबाट ३, कांग्रेसबाट २ र माओवादीबाट एक जना सांसद दलित छन्। खसआर्य ३० जना र आदिवासी जनजाति २४ जना छन्। उमेरका आधारमा पनि गण्डकीका समानुपातिक सांसद युवा अवस्थाका बढी छन्।

३ जना सांसद ४० वर्षमुनिका छन् भने ११ जना ४० देखि ५० वर्ष, ९ जना ५० देखि ६० वर्ष र एकजना मात्रै ६० वर्ष उमेर कटेका छन्। यहाँ प्रत्यक्ष तर्फ पनि अधिकांश युवा अवस्थाका सांसद निर्वाचित भएका छन्।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ११ : १५ बजे

देशका केही भूभागमा वर्षाको सम्भावना, तराईमा तातो हावा चल्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिलिपिन्समा ७.८ म्याग्निच्युडको भूकम्प, तटीय क्षेत्रमा सुनामीको चेतावनी

मनीला– फिलिपिन्सको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार बिहान शक्तिशाली भूकम्प

रास्वपा ललितपुर सभापतिमा बुद्धरत्न महर्जन विजयी

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी ललितपुरको प्रथम अधिवेशनले बुद्धरत्न महर्जनको

एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै : कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ– सिङ्गापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर