सेयर बजार घट्यो | Khabarhub Khabarhub

सेयर बजार घट्यो


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३१.९७ अंकले घटेर १८८५.३१ विन्दुमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.२८ अंकले घटेर ३६७.३६ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २०३ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १० करोड ३४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा सिभम सिमेन्ट शीर्ष स्थानमा छ । यसको १० करोड ९३ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा नविल बैंक र तेस्रोमा हिमालयन डिस्टिलरीको कारोबार भएको छ ।

अघिल्लो साताको कारोबारको अन्तिम दिन बुधबार सेयर बजार १६.६१ अंकले ओरालो लागेको थियो । बिहिबार भने सरकारले योः मरी पुन्हीँको बिदा दिएको हुनाले नेप्से बन्द रहेको थियो ।

नेप्से उपसूचक कारोबार राताम्मै भएको छ । सबैभन्दा धेरै बैंकिङमा २.३० प्रतिशतले ओरालो लागेको हो । आइतबारको कारोबारमा सिवाइसी नेपाल लघुवित्त र सम्मीट लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ३ : ५० बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न