नक्कली कर्मचारीको भेष धरी ठगी गर्ने आठ जना पक्राउ | Khabarhub Khabarhub

नक्कली कर्मचारीको भेष धरी ठगी गर्ने आठ जना पक्राउ


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले ठगी र कीर्ते कार्यमा संलग्न आठ जनालाई पक्राउ गरेको छ । काठमाडौं–२६ स्थित नयाँ बसपार्क इलाकामा आन्तरिक राजस्व कार्यालयको युनिफर्म र परिचयपत्रसमेत लगाएर आफूलाई आन्तरिक राजस्वको कर्मचारी बताउनेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले विभिन्न होटल तथा रेष्टुरेन्टमा राजस्व अनुगमनका लागि आएको भन्दै पैसा असुल गरिरहेको अवस्थामा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

नयाँ बसपार्कस्थित होटल तथा रेष्टुरेन्टहरूले विभिन्न बहानामा कर छली गर्ने गरेकाले नगद जरिवाना तिर्नुपर्ने भन्दै आन्तरिक राजस्व कार्यालय लाजिम्पाट लेखिएको रसिद दिई कीर्ते र ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बिनबहादुर बिक, सृजना भट्टराई, सागरजंग लुहार, प्रमिशा तामाङ, दूधकला बिक, अञ्जना तामाङ, राजिब बिष्ट र डेबिड धामी छन् ।

उनीहरूको साथबाट प्रहरीले आन्तरिक राजस्व कार्यालय लेखेको स्टाम्प दुई थान, अनुगमन अधिकृत लेखिएको स्टाम्प एक थान, हस्ताक्षर भएको स्टाम्प एक थान, आन्तरिक राजस्व कार्यालयको लेटर प्याड तथा ठेलीहरु, राजस्वसम्बन्धी किताबहरु र आन्तिक राजस्व कार्यालयको परिचयपत्र सात थान बरामद गरेको प्रहरीले जनाएको छ ।

पीडितहरुबाट प्राप्त रसिद र मोबाइल पेबाट समेत गरी जम्मा पाँच लाख आठ हजार ६ सय ४० रुपैयाँ संकलन गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ४ : ३६ बजे

मधेशका मुख्यमन्त्री यादवले दीर्घकालीन महत्त्वका निर्णय गर्न नपाउने

काठमाडौं- महोत्तरीको बर्दिबासस्थित पानस होटलबाट मधेश प्रदेशको मुख्यमन्त्री बनेका नेकपा

कांग्रेस बैठक : पार्टीको महाधिवेशनबारे फरक- फरक धारणा

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको १५ औँ महाधिवेशन

सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गत अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत गर्ने 

काठमाडौं– सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत विभिन्न निकायमा अधिकृतस्तरका २५६

निर्धारित समयमा निर्वाचन हुनुपर्ने अडानसहित ट्रेड युनियन कांग्रेसले बुझायो ज्ञापनपत्र

काठमाडौं– नेपाल ट्रेड युनियन कांग्रेसले निर्धारित समयमा निर्वाचन हुनुपर्ने मागसहित

दिल्लीको घातक विस्फोटलाई ‘षड्यन्त्र’ भन्दै प्रधानमन्त्री मोदीद्वारा दोषीलाई कठोर कारबाहीको चेतावनी

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानीको मुटुमा भएको घातक कार