श्रम मन्त्रालयद्वारा ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सञ्चालन « Khabarhub

श्रम मन्त्रालयद्वारा ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सञ्चालन


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सञ्चालन गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका कारण स्थगित गरिएको कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिएको हो ।

मन्त्रालयको कल सेन्टरमार्फत श्रमिकहरूले श्रममन्त्री शेरबहादुर कुँवरसमक्ष प्रत्यक्षरूपमा आफ्ना गुनासा, समस्या र सुझाव राखेका छन् । आजको कार्यक्रममा १० बढी श्रमिकले वैदेशिक रोजगारीमा ठगिएको गुनासो मन्त्रीसमक्ष राखेका थिए ।

मन्त्री कुँवरसँग श्रमिकहरूले सम्झौताअनुसार विदेशमा आफूहरूले तलब सुविधा नपाएको, विदेश पठाउँछु भनेर सात लाख ५० हजार रुपैयाँसम्म लिएको गुनासो सुनाएका थिए । संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया, साउदीलगायत देशमा रोजगारीका लागि जाँदा ठगिएको उनीहरूको भनाइ छ । सुर्खेतका एक व्यक्तिले आफूलाई क्यानाडा पठाइदिने भन्दै करिब रु छ लाख ठगेको गुनासो मन्त्रीसमक्ष राखेका थिए ।

श्रमिककै गुनासा र समस्याहरू सुनेपछि मन्त्री कुँवरले वैदेशिक रोजगारीका लागि विदेश जानुपूर्व जान लागेको देश, आफूले गर्ने काम, पाउने सेवासुविधा, पठाउने म्यानपावर वा व्यक्तिका बारेमा राम्ररी बुझ्ने, जानकारी लिने अनि कसैलाई पैसा तिरेको भए त्यसको प्रमाण राख्नेलगायत विषयमा ध्यानु दिनुपर्नेमा जोड दिए । उनले श्रमिकका समस्या र सवालबारे तत्कालै बुझेर समाधानका लागि वैदेशिक रोजगार विभाग र बोर्डलाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ७ : ३६ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी