प्रदेश २ सरकारको अनुसन्धान तथा प्रशिक्षण केन्द्रको निर्देशकमा अन्सारी नियुक्त | Khabarhub Khabarhub

प्रदेश २ सरकारको अनुसन्धान तथा प्रशिक्षण केन्द्रको निर्देशकमा अन्सारी नियुक्त


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ सरकारको प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा सर्लाहीका सतार अन्सारीलाई नियुक्त गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले मंगलबार साँझ सर्लाहीका सतार अन्सारीलाई प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् ।

यो पदका लागि सर्लाहीका सतार अन्सारी, सप्तरीका रोहितकुमार यादव र रौतहटका गौरीशंकर साहलाई सिफारिस गरिएको थियो । जसमध्ये सबैभन्दा बढी अनुभवी रहेको आधारमा अन्सारीलाई नियुक्त गरिएको मुख्यमन्त्री सचिवालयले जनाएको छ । अन्सारी युएनमा काम गरिसकेका छन् ।

विगतमा संघ सरकारको मातहतमा रहेको ग्रामीण विकास प्रशिक्षण केन्द्रलाई अहिले प्रदेश अनुसन्धान तथा परिक्षण केन्द्रको रूपमा रहेको प्रदेश सरकारको मातहतमा ल्याइएको छ ।

अनुसन्धान केन्द्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत रहने भएकाले प्रदेशका जनप्रतिनिधिदेखि यहाँका कर्मचारीसमेतलाई प्रशिक्षण दिनुको साथै प्रदेशको क्षमताको अनुसन्धान र अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  १२ : ५२ बजे

एशियन लाइफको हकप्रद शेयर बाँडफाँड, साढे ३ लाख कित्ता लिलामीमा जाने  

काठमाडौं– एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर भदौ ८

लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउने

काठमाडौं – अब लघुवित्तले २५ प्रतिशतसम्म लाभांश वितरण गर्ने पाउने

दाताका भरमा ‘अपाङ्ग जीवन विकास आश्रम’

नवलपरासी– बेवारिसे तथा असहाय मानिसको पालनपोषण गर्दै आएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को

पर्वतारोहण संघको नवनिर्वाचित कार्यसमितिलाई प्रचण्डको बधाई

ललितपुर – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

बेथानचोकमा ‘कोसेली घर’ सञ्चालन

काभ्रे– बेथानचोक गाउँपालिकामा ‘कोसेली घर’ सञ्चालनमा ल्याइएको छ । गृहिणी