एमाले लमजुङको ९० सदस्यीय जिल्ला कमिटीमध्ये ३१ जना महिला निर्वाचित « Khabarhub

एमाले लमजुङको ९० सदस्यीय जिल्ला कमिटीमध्ये ३१ जना महिला निर्वाचित


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– नेकपा एमाले जिल्ला कमिटी लमजुङमा ९० जना जिल्ला कमिटीमा ३१ जना महिला निर्वाचत भएका छन् ।

२३ देखि २६ पुससम्म भएको अधिवेशनबाट अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध चयन भएका थिए । यस्तै, उपाध्यक्षमा यशोदा रिमाल, सचिवमा सुभाष पौडेल सर्वसहमत चयन भएका छन् ।

चार जनाबीच भएको उपसचिवको निर्वाचनमा भने जितबहादुर गुरुङ र जनकराज मिश्र निर्वाचित भएका छन् । साथै ९० जनाको जिल्ला कमिटीमा ३१ जना महिलासमेत निर्वाचित भएका छन् ।

एमालेको आठौं जिल्ला अधिवेशन निर्वाचन कमिटीले मत परिणाम घोषणापश्चात प्रमाणपत्र प्रदान गरेको छ । निर्वाचन कमिटीका निर्वाचन अधिकृत विमल अधिकारीका अनुसार पदाधिकारीहरूलाई अध्यक्ष मण्डलका संयोजक एवं गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले खादा लगाइदिएका थिए ।

निर्वाचन कमिटीका मुख्य निर्वाचन अधिकृत बुद्धिसागर बरालले प्रमाणपत्र प्रदान गरेका हुन् । प्रमाणपत्र वितरणलगत्तै अध्यक्ष कृष्णप्रसाद अधिकारीलाई मुख्य निर्वाचन अधिकृत बुद्धिसागर बरालले सपथ खुवाएका थिए । अध्यक्ष अधिकारीले अरु निर्वाचित पदाधिकारीलाई सपथ खुवाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं लमजुङ इन्चार्ज मायानाथ अधिकारीले पार्टीलाई अझ मजबुत र शसक्त बनाउने जिम्मा नयाँ नेतृत्वको रहेको र जिम्मेवारी पूरा गर्न निर्देशन दिए । नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद अधिकारीले पार्टीलाई बलियो र मजबुत बनाउन लाग्ने बताए ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  १ : ५६ बजे

काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ लाख १० हजार बढी मतदाता, २५७ उम्मेदवार

काठमाडौं– सङ्घीय राजधानी रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात

विश्वकप अभ्यास : श्रीलंकाले नेपाललाई दियो २२३ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले