मलाइकासँग किन टाढिदैछन् अर्जुन कपूर ? « Khabarhub

मलाइकासँग किन टाढिदैछन् अर्जुन कपूर ?


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपूर बलिउडको स्टार जोडीमध्येमा पर्दछन् । उनीहरुबीचको उमेर अन्तर निकै फरक छ, तर पनि उनीहरु एकअर्कालाई निकै प्रेम गर्छन् । प्रायः सँगै रहने यो जोडीको सम्बन्ध पछिल्लो समयमा केही बिग्रिएको खबर बाहिर आएको छ ।

उनीहरुले केही समययता भेटघाट गरेका छैनन् । यहाँसम्म कि मलाइका विगत ६ दिन यता घरबाहिर निस्किएकी छैनन् । अर्जुन पनि उनलाई भेट्न घर गएका छैनन् । त्यहीकारण यी दुई बीच ब्रेकअप भएको अनुमान लगाइएको छ ।

‘मलाइका ६ दिन यता घरबाहिर निस्किएकी छैनन् । उनी पूर्ण रुपमा आइसोलेशनमा छिन् । उनी निकै दुःखी छिन् र केही समय विश्वबाट टाढा बस्ने निर्णय लिएकी छन् । अर्जुन हालसम्म एकपटक पनि उनलाई भेट्न गएका छैनन’, स्रोतले भनेको छ ।

अर्जुन तीन दिन अघि बहिनी रिया कपुरको घरमा डिनरका लागि गएका थिए । रियाको घर मलाइकाको घरभन्दा नजिक पर्छ । अर्जुन बहिनीको डिनरपछि आफ्नै घर फर्किएका थिए ।

आम रुपमा अर्जुन र मराइलका डिनर या कफी डेटमा गइरहन्छन् । तर केही समययता यो जोडी सँगै देखिएका छैनन् ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  २ : ४४ बजे

जापानमा फेब्रुअरीमा मध्यावधि चुनाव घोषणा गर्ने तयारी

एजेन्सी– जापानकी प्रधानमन्त्री साने ताकाइचीले बुधबार सत्तारूढ दलका वरिष्ठ अधिकारीहरूलाई

पाँच वर्षे कारबाही सुनेपछि विश्वप्रकाशले सोधे : यी ८ बुँदामा कुनचाहिँ कांग्रेस र देशको अहितमा थिए ?

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट

नबिल बैंकका अध्यक्ष चौधरीले ग्रहण गरे शपथ

काठमाडौं– नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले

कारबाहीपछि बन्दसत्र पुगेका गगनले भने- विशेष महाधिवेशन अब मेरो प्रक्रियामा अघि बढ्छ

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर पक्षको केन्द्रीय समितिले पार्टीबाट निष्कासन गरेपनि

संस्थापनको कारबाहीपछि महाधिवेशनस्थलमा पुगे गगन थापा

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले पाँच वर्षका लागि कारबाही गेपछि