मलाइकासँग किन टाढिदैछन् अर्जुन कपूर ? « Khabarhub

मलाइकासँग किन टाढिदैछन् अर्जुन कपूर ?


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपूर बलिउडको स्टार जोडीमध्येमा पर्दछन् । उनीहरुबीचको उमेर अन्तर निकै फरक छ, तर पनि उनीहरु एकअर्कालाई निकै प्रेम गर्छन् । प्रायः सँगै रहने यो जोडीको सम्बन्ध पछिल्लो समयमा केही बिग्रिएको खबर बाहिर आएको छ ।

उनीहरुले केही समययता भेटघाट गरेका छैनन् । यहाँसम्म कि मलाइका विगत ६ दिन यता घरबाहिर निस्किएकी छैनन् । अर्जुन पनि उनलाई भेट्न घर गएका छैनन् । त्यहीकारण यी दुई बीच ब्रेकअप भएको अनुमान लगाइएको छ ।

‘मलाइका ६ दिन यता घरबाहिर निस्किएकी छैनन् । उनी पूर्ण रुपमा आइसोलेशनमा छिन् । उनी निकै दुःखी छिन् र केही समय विश्वबाट टाढा बस्ने निर्णय लिएकी छन् । अर्जुन हालसम्म एकपटक पनि उनलाई भेट्न गएका छैनन’, स्रोतले भनेको छ ।

अर्जुन तीन दिन अघि बहिनी रिया कपुरको घरमा डिनरका लागि गएका थिए । रियाको घर मलाइकाको घरभन्दा नजिक पर्छ । अर्जुन बहिनीको डिनरपछि आफ्नै घर फर्किएका थिए ।

आम रुपमा अर्जुन र मराइलका डिनर या कफी डेटमा गइरहन्छन् । तर केही समययता यो जोडी सँगै देखिएका छैनन् ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  २ : ४४ बजे

ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि

२४ घण्टामा देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही फागुन

बजार अनुगमन तीव्र, एक फर्मलाई पाँच हजार रुपैयाँ जरिवाना

काठमाडौं– बजार अनुमगनलाई तीव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना

सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने

काठमाडौं– सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी