होस्टसहित हुनेछ ९४औं ओस्कर अवार्ड « Khabarhub

होस्टसहित हुनेछ ९४औं ओस्कर अवार्ड


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी मार्च २७ मा आयोजना हुने ९४औं संस्करणको ‘ओस्कर एकेडेमी अवार्ड’ ले पुनः होस्ट पाउने भएको छ । सन् २०१८ पछि यो विश्व प्रतिष्ठित अवार्डले होस्ट पाउन लागेको हो ।

सन् २०१९ यता ओस्कार होस्टविना हुँदै आएको थियो । हुलु ओरिजिनल्स र एबीसी इन्टरटेनेमन्टका प्रमुख क्रेग एविर्चले यसपटकको ओस्कार होस्टसहित आउने बताए पनि अवार्ड कसले होस्ट गर्ने भन्ने केही खुलाएका छैनन् ।

सन् २०१७ र २०१८ को ओस्कर अवार्डको होस्ट जिमी किमेलले गरेका थिए । सन् २०१९ मा केविन हार्टले होस्ट गर्ने भने पनि उनले वर्षौ पुरानो समलैंगिक ट्विटका लागि माफी नमागेपछि अवार्ड आयोजकले बिनाहोस्ट कार्यक्रम गर्ने निर्णय लिएको थियो ।

पछिल्लो एक दशकमा अवार्डमा क्रिस रक (२०१६्), नील पेट्रिक हेरिस (२०१५), एलेन डीजेनरेस (२०१४), सेठ मेकफर्लेन (२०१३), बिली क्रिस्टल(२०१२) र जेम्स फ्रेंको तथा ऐनी हेथवे (२०११) ले होस्ट गरेका थिए ।

सन् २०१९ को जस्तै एबीसीले सन् २०२० मा पनि होस्टबिना नै अवार्ड गर्ने निर्णय लिएको थियो । तर त्यो अवार्डमा दर्शकले चासो देखाएनन् । सन् २०२१ मा कोरोनाका कारण ढिलो भएको अवार्ड युनियन स्टेसनबाट प्रसारण भएको थियो । जसकारण आयोजकले आधाभन्दा बढी दर्शक गुमाउनु परेको थियो । यहीकारण ९४ औं संस्करणको अवार्डका लागि होस्टलाई पुनः ल्याउने निर्णय गरिएको हो ।

यसपटक अवार्ड हलिउड एन्ड हाइल्यान्ड सेन्टरको डल्बी थिएटरकै पुरानो स्थानमा गरिँदैछ । गत वर्ष यो कार्यक्रम लसएन्जल्सको यूनियन स्टेसनबाट प्रसारण गरिएको थियो । ओस्कर मनोनयनको घोषणा ८ फेब्रुअरीमा गरिनेछ । यो अवार्डलाई विश्वको दुई सयभन्दा अधिक स्थानमा देखाइनेछ ।

आयोजकका अनुसार ग्लेन वीस लगातार सातौंपटक अवार्डको निर्देशक हुनेछन् । विल पेंकर यो वर्षको एकेडेमी अवार्डको कार्यकारी निर्माता रहनेछन् ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ५ : २० बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका