होस्टसहित हुनेछ ९४औं ओस्कर अवार्ड « Khabarhub

होस्टसहित हुनेछ ९४औं ओस्कर अवार्ड


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी मार्च २७ मा आयोजना हुने ९४औं संस्करणको ‘ओस्कर एकेडेमी अवार्ड’ ले पुनः होस्ट पाउने भएको छ । सन् २०१८ पछि यो विश्व प्रतिष्ठित अवार्डले होस्ट पाउन लागेको हो ।

सन् २०१९ यता ओस्कार होस्टविना हुँदै आएको थियो । हुलु ओरिजिनल्स र एबीसी इन्टरटेनेमन्टका प्रमुख क्रेग एविर्चले यसपटकको ओस्कार होस्टसहित आउने बताए पनि अवार्ड कसले होस्ट गर्ने भन्ने केही खुलाएका छैनन् ।

सन् २०१७ र २०१८ को ओस्कर अवार्डको होस्ट जिमी किमेलले गरेका थिए । सन् २०१९ मा केविन हार्टले होस्ट गर्ने भने पनि उनले वर्षौ पुरानो समलैंगिक ट्विटका लागि माफी नमागेपछि अवार्ड आयोजकले बिनाहोस्ट कार्यक्रम गर्ने निर्णय लिएको थियो ।

पछिल्लो एक दशकमा अवार्डमा क्रिस रक (२०१६्), नील पेट्रिक हेरिस (२०१५), एलेन डीजेनरेस (२०१४), सेठ मेकफर्लेन (२०१३), बिली क्रिस्टल(२०१२) र जेम्स फ्रेंको तथा ऐनी हेथवे (२०११) ले होस्ट गरेका थिए ।

सन् २०१९ को जस्तै एबीसीले सन् २०२० मा पनि होस्टबिना नै अवार्ड गर्ने निर्णय लिएको थियो । तर त्यो अवार्डमा दर्शकले चासो देखाएनन् । सन् २०२१ मा कोरोनाका कारण ढिलो भएको अवार्ड युनियन स्टेसनबाट प्रसारण भएको थियो । जसकारण आयोजकले आधाभन्दा बढी दर्शक गुमाउनु परेको थियो । यहीकारण ९४ औं संस्करणको अवार्डका लागि होस्टलाई पुनः ल्याउने निर्णय गरिएको हो ।

यसपटक अवार्ड हलिउड एन्ड हाइल्यान्ड सेन्टरको डल्बी थिएटरकै पुरानो स्थानमा गरिँदैछ । गत वर्ष यो कार्यक्रम लसएन्जल्सको यूनियन स्टेसनबाट प्रसारण गरिएको थियो । ओस्कर मनोनयनको घोषणा ८ फेब्रुअरीमा गरिनेछ । यो अवार्डलाई विश्वको दुई सयभन्दा अधिक स्थानमा देखाइनेछ ।

आयोजकका अनुसार ग्लेन वीस लगातार सातौंपटक अवार्डको निर्देशक हुनेछन् । विल पेंकर यो वर्षको एकेडेमी अवार्डको कार्यकारी निर्माता रहनेछन् ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ५ : २० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको