कोरोना महामारीमा मदिरा पार्टी गरेपछि बेलायती प्रधानमन्त्रीले माफी मागे « Khabarhub

कोरोना महामारीमा मदिरा पार्टी गरेपछि बेलायती प्रधानमन्त्रीले माफी मागे


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– बेलायती प्रधानमन्त्री बेरिस जोनसनले आफ्नो सरकारी आवास ‘१०, डाउनिंग स्ट्रीट’ मा भएको एक मदिरा पार्टीलाई लिएर माफी मागेका छन् ।

यो पार्टी मे २०२० मा कोरोना महामारीका बीच भएको थियो जतिबेला महामारीलाई लिएर लगाइएका प्रतिबन्धहरु जारी थिए । बेलायतमा बिगत दुई दिन यता यो मुद्दा जोडतोड साथ उठिरहेको थियो । प्रधानमन्त्रीको आवास कार्यालयले यसबारेमा जाँच भइरहेको छ भन्दै यो प्रश्नलाई टार्दै आएको थियो ।

प्रधानमन्त्रीसँग प्रश्न कार्यक्रमको सुरुआत हुनासाथ जोनसनले माफी माग्न चाहेको बताएको थिए । उनले महामारीमा करोडौं मानिसले समस्या भोगिरहेको आफूलाई थाहा भएको बताए ।

उनले नियम बनाउनेले नै निमयको उचित रुपमा पालन नगरेको स्वीकार गरे । उनले घटनाको जिम्मेवारी आफूले लिने बताए । एजेन्सी

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  १० : ३० बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी