नारायणहिटी प्रकरण : निर्वतमान कार्यकारी निर्देशकसहित संलग्नलाई कारवाहीका लागि अख्तियारलाई पत्र | Khabarhub Khabarhub

नारायणहिटी प्रकरण : निर्वतमान कार्यकारी निर्देशकसहित संलग्नलाई कारवाहीका लागि अख्तियारलाई पत्र


२८ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले नारायणहिटी दरबार सङ्ग्रहालयका निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहालसहित संलग्नलाई कारवाहीका लागि पत्राचार गरेको छ ।

मन्त्री आलेले प्रहरी र अख्तियारलाई कारबाहीका लागि पत्र लेखी पठाउने निर्णय मङ्गलबार गरेपछि बुधबार मन्त्रालयले ती दुवै ठाउँमा कारवाहीका लागि पत्र पठाएको हो । दरबार सङ्ग्रहालय परिसरमा क्यान्टिन/क्याफ्टेरिया सञ्चालनसम्बन्धी अध्ययन तथा छानविन प्रतिवेदनसहित मन्त्रालयले निवर्तमान कार्यकारी निर्देशक दाहाल र बतास समूहको बि म्यानेजेन्टका सञ्चालकलाई मुलुकी अपराध संहिता २०७४ को दफा १४७ अनुसार कारबाहीका लागि पत्र लेखी पठाएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा टोकराज पाण्डेले जानकारी दिए।

सार्वजनिक सम्पदाविरुद्धको कसुरमा कारबाही गर्न मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको हो । उक्त पत्रमा निवर्तमान कार्यकारी निर्देशक दाहालले ‘सार्वजनिक सम्पत्तिको संरक्षण संवर्द्धन गर्न नसकेकाले’कारबाही गर्न भनी उल्लेख गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १४७ मा राष्ट्रिय तथा सार्वजनिक सम्पदा पूर्वस्वीकृतीविना अतिक्रमण, भोगचलन गर्न नपाइने उल्लेख गरिएको छ । यो कसुर प्रमाणित भएमा कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा रु ३० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

यसैगरी दरबार सङ्ग्रहालय परिसरमा क्यान्टिन/क्याफ्टेरिया सञ्चालनमा भ्रष्टाचारजन्य क्रियाकलाप भएकाले आवश्यक कारबाही गर्न अख्तियार दुरुयोग अनुसन्धान आयोगलाई समेत मन्त्रालयले पठाएको पत्रमा उल्लेख गरिएको छ । मन्त्रालयले अख्तियारलाई पठाएको पत्रमा दाहालले सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नसकेको, बि म्यानेजमेन्टले गरेको अतिक्रमण रोक्न नसकेको उल्लेख गरिएको छ । मङ्गलबार नाराणहिटी दरबार सङ्ग्रहालयका प्रमुख कार्यकारी निर्देशक भेषनारायण दाहालले आफ्नो पदबाट राजीनामा दिएसँगै उनको राजीनामा समेत स्वीकृत भइसकेको छ । रासस

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  १० : ५० बजे

दोस्रोपटक मुलुकको सार्वभौम साख मूल्यांकन गरिँदै

काठमाडौं– नेपालले दोस्रोपटक सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) को

सशस्त्र प्रहरी बल रौतहटद्वारा ३० बोरा सुर्ती बरामद

रौतहट– सशस्त्र प्रहरी बल रौतहटले अवैधरुपमा भण्डारण गरेर राखेको ३०

कवाडी व्यवसायीले घेरे काठमाडौं महानगर (तस्बिरहरू)

काठमाडौं– विभिन्न पाँच बुँदे माग राख्दै कवाड व्यवसायीहरू आन्दोलित भएका

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचनका लागि तालिका सार्वजनिक

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनका लागि

गाजाको नासेर अस्पतालमा इजरायलको दोहोरो हवाई आक्रमण, चार पत्रकारसहित १५ जनाको मृत्यु

काठमाडौं– इजरायली आक्रमणका कारण प्यालेस्टाइनको गाजा क्षेत्रमा चार पत्रकारसहित १५