एनसेलले घटायो सबै लोकल कलको महशुल दर « Khabarhub

एनसेलले घटायो सबै लोकल कलको महशुल दर


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनसेलका ग्राहकहरुले अब अझै सस्तोमा नेपाल भर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर कर बाहेक रु १.९९ प्रति मिनेटबाट घटाइ करबाहेक प्रति मिनेट रु १.६२ कायम गरेको छ ।

प्रिपेड ग्राहकहरुका लागि लागू भएको यो नयाँ महशुल दरले देशभर समान रुपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पे एज यू गो दर अन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ ।

यो परिमार्जित नयाँ महशुल दर शुक्रबार (माघ २८) बाट लागू भएको हो । नयाँ महशुल दरको लाभ लिनका लागि ग्राहकहरुले *17107# डायल गरि सेवा निःशुल्क सुचारु गर्न सक्छन् ।

नयाँ महशुल दरले ग्राहकहरूलाई मेन ब्यालेन्सबाट ढुक्कसँग अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदछ । यो नयाँ महशुल दर २०७९ साउन २४ गते सम्म लागु रहनेछ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ४ : १५ बजे

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी

परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट

काठमाडौं– नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी