बर्दिबास नगर खानेपानी समस्याबाट मुक्त हुन्छ : नगरप्रमुख कार्की | Khabarhub Khabarhub

बर्दिबास नगर खानेपानी समस्याबाट मुक्त हुन्छ : नगरप्रमुख कार्की


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– दुई महिनाभित्र बर्दिबास नगरपालिका बासी पानीको समस्याबाट मुक्त हुने नगरप्रमुख विदुर कार्कीले बताएका छन् । पानीका समस्या भएका ठाउँमा झण्डै २४ करोडको लागतमा काम कार्यान्वयनको चरणमा रहेको बताउँदै कार्कीले त्यसको तत्काल समाधान हुने बताए ।

आज बर्दिबास-१० र ११ पर्ने भाङ्ग्रे झ्याउरे खानेपानी परियोजनाको शिलान्यास गर्दै नगरप्रमुख कार्कीले पानीको चरम अभाव रहेको सात दिने गाउँ, चिसापानी, बम्जनटार, पिपल खोला, पूर्वी खोला, भाङ्ग्रे, झ्याउरे, पिपलदमा, पूर्वीखोला जस्ता ठाउँका झण्डै २ सय घरधुरीमा एक घर, एक धारो हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यो परियोजनामा रोटरी कलबको ८० प्रतिशत र नगरपालिकाको २० प्रतिशत लागत रहनेछ । झण्डै ७५ लाख लागत अनुमान गरिएको उक्त परियोजनाबाट यस ठाउँका लगभग १२ सय जनसङ्ख्या लाभान्वित हुने प्राविधिक पक्षको सर्वेक्षण छ ।

रोटरी कलब अफ बर्दिबास र धुलिखेलको सहयोगमा ६० लाख रोटरी कलबको तर्फबाट बेहोरिने रोटरी कवल अफ बर्दिबासका सभापति विष्णु खडकाले जानकारी दिए ।

‘नगरप्रमुख विदुर कार्कीसँग आउँदा पानीको अत्यन्त समस्या देखेपछि पानीको तत्काल सावधानको लागी हामी पहलकदमीमा लाग्यौ,’ सभापति खडकाले भने ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ९ : ०० बजे

तनहुँमा एक हजार पाँच सय मतदाता थपिए

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बर्खामा गुल्जार बन्ने बुकीपाटन हिउँदमा सुनसान 

बागलुङ– बर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बुकीपाटन चिसो बढेपछि सुनसान

एनआरएन इन्फ्रास्ट्रक्चरले प्रस्ताव गर्‍याे ४२ प्रतिशत लाभांश

काठमाडौं– एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको

लागूपदार्थ सेवन गरी सवारी चलाउने छ जना पक्राउ

काठमाडौं– ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी काठमाडौँ उपत्यकामा सवारी चलाउने

तोलामा २ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज