बर्दिबास नगर खानेपानी समस्याबाट मुक्त हुन्छ : नगरप्रमुख कार्की « Khabarhub

बर्दिबास नगर खानेपानी समस्याबाट मुक्त हुन्छ : नगरप्रमुख कार्की


२९ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– दुई महिनाभित्र बर्दिबास नगरपालिका बासी पानीको समस्याबाट मुक्त हुने नगरप्रमुख विदुर कार्कीले बताएका छन् । पानीका समस्या भएका ठाउँमा झण्डै २४ करोडको लागतमा काम कार्यान्वयनको चरणमा रहेको बताउँदै कार्कीले त्यसको तत्काल समाधान हुने बताए ।

आज बर्दिबास-१० र ११ पर्ने भाङ्ग्रे झ्याउरे खानेपानी परियोजनाको शिलान्यास गर्दै नगरप्रमुख कार्कीले पानीको चरम अभाव रहेको सात दिने गाउँ, चिसापानी, बम्जनटार, पिपल खोला, पूर्वी खोला, भाङ्ग्रे, झ्याउरे, पिपलदमा, पूर्वीखोला जस्ता ठाउँका झण्डै २ सय घरधुरीमा एक घर, एक धारो हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यो परियोजनामा रोटरी कलबको ८० प्रतिशत र नगरपालिकाको २० प्रतिशत लागत रहनेछ । झण्डै ७५ लाख लागत अनुमान गरिएको उक्त परियोजनाबाट यस ठाउँका लगभग १२ सय जनसङ्ख्या लाभान्वित हुने प्राविधिक पक्षको सर्वेक्षण छ ।

रोटरी कलब अफ बर्दिबास र धुलिखेलको सहयोगमा ६० लाख रोटरी कलबको तर्फबाट बेहोरिने रोटरी कवल अफ बर्दिबासका सभापति विष्णु खडकाले जानकारी दिए ।

‘नगरप्रमुख विदुर कार्कीसँग आउँदा पानीको अत्यन्त समस्या देखेपछि पानीको तत्काल सावधानको लागी हामी पहलकदमीमा लाग्यौ,’ सभापति खडकाले भने ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ९ : ०० बजे

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट