भारतीय नागरिकको हत्याको आरोपमा दुई जना पक्राउ « Khabarhub

भारतीय नागरिकको हत्याको आरोपमा दुई जना पक्राउ


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको धनगढीमा भारतीय नागरिकको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

सोमबार धनगढी–५ शिवनगर र जाई जोड्ने सडकनजिक नालीमा भारतको उत्तरप्रदेश शाहजापुराका ४२ वर्षीय कुलदीप गुप्ताको शव भेटिएको थियो ।

गुप्ताको हत्या गरेको आरोपमा प्रहरीले बाजुराको खप्तड छेडदहका राजेन्द्र बुढा र भुपेन्द्र बुढालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

उनीहरूले गुप्ताको हत्या गरेको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

गुप्ता अभियुक्त राजेन्द्रको अटोमा घर गइरहेका बेला भाडाको विषयमा विवाद भएको र त्यही कारणले उनीहरूले मिलेर हत्या गरेको प्रहरीले जनाएको छ ।

गुप्ता धनगढी शिवपुरीधामनजिक डेरा लिएर बस्दै आएका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  १२ : २७ बजे

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको