रुस-युक्रेन युद्ध : लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण « Khabarhub

रुस-युक्रेन युद्ध : लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रुसले युत्रेनमाथिको आक्रमणलाई विस्तार गर्दै लगेको छ। शुक्रबार रुसी सेनाले नयाँ तीन सहरमा आक्रमण गरेका हुन्।

शुक्रबार लुट्स र नीप्रो सहरमा पहिलो पटक आक्रमण भएको बीबीसीले उल्लेख गरेको छ।

रुसले उत्तर पश्चिममा रहेको लुट्स र मध्यपूर्वमा रहेको नीप्रो सहरमा आक्रमण गरेको हो। आक्रमणबाट औद्योगिक र आवासीय क्षेत्रमा ठूलो क्षति भएको छ।

बीबीसीले उल्लेख गरे अनुसार लुट्समा गरिएको आक्रमणमा त्यहाँको वायुसेनाको विमानस्थल र लडाकु विमान मर्मत गर्ने कारखाना थिए।

शुक्रबार एकसाथ नीप्रोमा तीन स्थानमा विस्फोट भएको छ। नीप्रोमा विस्फोटका तस्बिरहरू युक्रेनले सार्वजनिक गरेको छ। त्यहाँका स्थानीय जनप्रतिनिधिले सुरक्षित बस्न आह्वान गरेका छन्।

उता रुसी समाचार माध्यमले भने शुक्रबार नै पश्चिम सहर इभानो फ्रान्किभिस्कमा आक्रमण भएको दाबी गरेका छन्। रुसी आक्रमणका कारण अहिलेसम्म युक्रेनबाट २५ लाख बाहिरिएका छन्।

पटकपटक वार्ताका प्रयास भए पनि सफल हुन नसक्दा युद्ध लम्बिदै गएको छ।

रुसले गरेको सैन्य हमलापछि क्षतिग्रस्त बनेको युक्रेनको राजधानी कीभको एक आवासीय भवन। तस्वीर रोयर्टस

 

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ५ : ५९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार