यस्तो छ चायापोतो भएको अनुहारमा मेकअप गर्ने सही तरिका  « Khabarhub

यस्तो छ चायापोतो भएको अनुहारमा मेकअप गर्ने सही तरिका 


२८ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अव्यवस्थित जीवनशैली, खानपान र वातावरणबाट छालामा पर्न सक्ने असरबाट जोगाउन मेकअपको आवश्यकता पर्दछ । खास गरी चाउरीपना, दाग वा अन्य समस्याबाट बच्न र व्यक्तित्वमा निखार ल्याउन सौन्दर्य प्रसाधनको प्रयोग गरिन्छ । तर चायापोतो वा अन्य समस्या भएको छालामा मेकअप गर्दा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

सामान्य मेकअपबाट पनि चायापोतो हटाएर सुन्दर देखिन सकिन्छ । छालालाई असर नपर्ने खालको प्रसाधनको प्रयोगबाट घरमा स्वयंले मेकअप गर्न सकिन्छ । सामान्य लुक्सका लागि कुनै विशेष कोर्सको आवश्यकता हुँदैन । चायापोतो भएको अनुहारमा मेकअप गर्दा निम्नकुरामा ध्यान दिनुपर्छ ।

– मेकअप गर्नुभन्दा अगाडि सफा पानीले अनुहार धुनुपर्छ ।
– अब क्रमशः मोस्चराइजर वा सनब्लक र टोनरको प्रयोग गर्नुपर्छ ।
– जस्तोसुकै मेकअप गर्दा पनि सुरुवातमा मोस्चराइजर वा सनब्लकको अनिवार्य प्रयोग गर्नुपर्छ । यसले छालामा हुने क्षति कम गर्छ ।
– अब अनुहारको जुन-जुन भागमा चायापोतो वा दाग छ, त्यस भागमा छालाको सेडभन्दा एक सेड डार्क अथवा सुन्तला रंगको कन्सिलर प्रयोग गर्नुपर्छ । यसको प्रयोग ड्याबिड मोसन अर्थात् हलुका गरी हातले थपथपाउँदै लगाउनुपर्छ ।
– फाउन्डेसनको प्रयोग छालाको रंगअनुसार गर्नुपर्छ, ता कि मेकअप भद्दा नदेखियोस् । साथै, पहिले प्रयोग गरेको कन्सिलर बिग्रन नदिन अनुहार बिस्तारै फाउन्डेसन लगाउनुपर्छ ।
– अनुहार थप गोरो बनाउन फाउन्डेसनपछि आफ्नो स्किन टोनभन्दा एक सेड लाइट रंगको फाउन्डेसन हलुका गरी पुरै अनुहारमा लगाउन सकिन्छ ।
– अनुहारलाई कुनै आकार जस्तै ओभल सेप दिने इच्छा भए थोरै डार्क सेड कन्सिलर गालामा, जलाइनमा, निधारमा र नाकमा सेप दिन सकिन्छ ।
– यसमाथि हलुका ब्रसको सहयोगले पाउडर टचअप गर्न सकिन्छ ।

अनुहारमा चायापोतो भएको व्यक्तिले सकेसम्म टल्किने खालको प्रसाधनका सामग्री प्रयोग गर्नु हुँदैन । यस्ता सामान प्रयोग गर्दा चायापोतो झन् देखिन्छ । साथै छालामा असर पर्दछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ६ : २० बजे

दुग्ध किसानलाई समयमा भुक्तानी दिन माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले दुग्ध किसानले समयमा भुक्तानी नपाएकोदेखि

प्रधानमन्त्रीको सुन आर्जनको स्रोत के हो ? : आङ्देम्बे

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता

संविधानका आधारभूत संरचना यथावत राखेर संशोधन गर्नुपर्छ : हर्कराज राई

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले संविधानका आधारभूत संरचनालाई यथावत

नेपालमा हान्टाभाइरसको स्वास्थ्य जोखिम छैन : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– पछिल्लो समय सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा हान्टाभाइरस सम्बन्धी

हमासद्वारा गाजाको प्रशासनिक निकाय विघटन गर्ने निर्णय

गाजा – करिब दुई दशकदेखि गाजा पट्टीको प्रशासन सञ्चालन गर्दै आएको